आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संघीय संसद्‌लाई प्रभु साहको पार्टी दर्ता रहेको आयोगद्वारा जानकारी 

संघीय संसद्‌लाई प्रभु साहको पार्टी दर्ता रहेको आयोगद्वारा जानकारी 

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १५ २०७९

  • 2.5K
    SHARES

  • संघीय संसद्‌लाई प्रभु साहको पार्टी दर्ता रहेको आयोगद्वारा जानकारी 

    काठमाडौं- निर्वाचन आयोगले रौतहटबाट निर्वाचित सांसद प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीलाई निर्वाचन आयोगमा दर्ता रहेको जानकारी संघीय संसद्लाई गराएको छ। रौतहटबाट स्वतन्त्र निर्वाचन लडेर जित हात पारेका सांसद् साह अध्यक्ष रहेको पार्टी निर्वाचन आयोगमा दर्ता भएको विषयमा आयोगले संघीय संसद्‌लाई जानकारी गराएको हो। 

    यसअघि दर्ता नम्बर १७८ मा दर्ता भएको वैज्ञानिक समाजवादी पार्टीको नाम परिवर्तन गरेर आम जनता पार्टी राखिएको विषयमा पनि आयोगले संघीय संसद्लाई जानकारी गराएको हो। 

    आयोगले आफ्नो पत्रमा भनेको छ, 'संघीय संसद् सचिवालयको च.न. १०१ मिति २०१७९/१०/१३ को पत्रबाट जानकारी उपलब्ध गराइ दिन लेखि आएको सम्बन्धमा आयोगको मिति २०७८/०९/३० को निर्णयबाट वैज्ञानिक समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता न. १७८ मा दर्ता कायम भएको, सो दलको हाल परिवर्ति नाम आम जनता पार्टी कायम भएको र सो दलमा प्रभु शाह अध्यक्ष कायम रहेको भनी संघीय संसद्लाई पत्राचार गर्ने' निर्णय भएको जानकारीका लागि अनुरोध छ।' 

    यसअघि संघीय संसद्ले प्रभु साह आबद्ध पार्टीको जानकारी आयोगसँग माग गरेको थियो। यसअघि स्वतन्त्र सांसदको हैसियतमा रहेका सांसद साह अब आम जनता पार्टीको अध्यक्षको हैसियतमा संसद्‌मा रहने भएका छन्। 

    तत्कालीन समयमा नेकपा माओवादीसँगको एकताका क्रममा नेकपाको निरन्तरताको रुपमा नेकपा एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक गठबन्धन गरेपछि उनी रुष्ट बनेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले स्वतन्त्र उम्मेदवारी दिएर जितसमेत हात पारेका थिए।

    No description available.

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ६ २०७८१०:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend