काठमाडौं- जेनेभा जान लागेकी परराष्ट्रमन्त्री डा।विमला पौडेल राईको भ्रमण रद्द भएको छ । आइतबार दिउँसो आफै पत्रकार सम्मेलन गरेर जानकारी गराएकी परराष्ट्रमन्त्री डा।राईलाई एयरपोर्ट जानुभन्दा पहिले विदेश जानबाट रोक लगाइएको छ।
अन्तिम समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो निर्देशनमा मुख्यसचिव शंकरदास बैरागीले परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण रद्द गरिदिएका छन्। एमालेलाई सरकारमा राख्ने कि मन्त्रीहरू बर्खास्त गर्ने भन्ने विषयमा अहिले बालुवाटारमा आठ दलको बैठक जारी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।