सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अमेरिकासँग सैन्य गठबन्धनको हल्ला फिजाउँने कम्युनिस्टहरुले संसदमै भेटे दनक, परराष्ट्रमन्त्रीको अभिव्यक्तिको चौतर्फी चर्चा 

अमेरिकासँग सैन्य गठबन्धनको हल्ला फिजाउँने कम्युनिस्टहरुले संसदमै भेटे दनक, परराष्ट्रमन्त्रीको अभिव्यक्तिको चौतर्फी चर्चा 

  • मिडिया डबली
  • मंगलवार, जेठ ३१ २०७९

  • 15.1K
    SHARES

  • अमेरिकासँग सैन्य गठबन्धनको हल्ला फिजाउँने कम्युनिस्टहरुले संसदमै भेटे दनक, परराष्ट्रमन्त्रीको अभिव्यक्तिको चौतर्फी चर्चा 

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको सरकारले अमेरिकासँग कुनै पनि सैन्य गठबन्धन नगर्ने बताएका छन्। प्रतिनिधिसभामा मंगलबार सांसदहरुले उठाएका प्रश्‍नको जवाफ दिने क्रममा उनले अहिलेको राष्ट्रवादी सरकारले कुनै पनि मुलुकसँग सैन्य गठबन्धन नगर्ने बताएका हुन्। 

    उनले भने, ‘नेपाल सैन्य गठबन्धनमा फस्‍न लाग्‍यो भन्‍ने कुरा निराधार छ। नेपाली कांग्रेस नेतृत्वको यो सरकार स्वाभिमानी, राष्ट्रवादी र देशभक्ति छ। विगतका वर्षहरुमा यस्ता खालका विषयहरु उठे होलान्। म पूर्ण विश्‍वासका साथ नेपाल कुनै पनि सैन्य गठबन्धनमा जाँदैन भन्‍ने कुरा आग्रह गर्न चाहन्छु। हामीले सैन्य गठबन्धन किन गर्ने? हल्लाको आधारमा नजाऔं। सरकारले परराष्ट्र नीतिका विभिन्‍न आयामहरुलाई स्क्यान गरेर परराष्ट्र मन्त्रालय अघि बढिरहेको छ।’

    अहिले बाहिरिएको स्टेट पार्टनरसिप प्रोग्रामका विषयमा उनले यो मानवीय सहायता, विपद् व्यवस्थापन र सांस्कृतिक९सामाजिक विकासका कुरामा सहकार्य गर्ने कुरा रहेको बताए। उनले भने, ‘यो कुनै सन्धी, गठबन्धन अथवा कुनै राष्ट्रहितविरुद्धको सम्झौता होइन।’ 

    उनले विगतमा पनि प्रधानसेनापतिको भ्रमण भएकोले त्यही अनुसार अहिले प्रधानसेनापतिको अमेरिका भ्रमण हुन लागेको र त्यस भ्रमणका क्रममा कुनै गलत सम्झौता नहुने पनि बताएका छन्। अहिलेको परराष्ट्र नीति सन्तुलित रहेको पनि उनले बताएका छन्।

    उनले देशको स्वार्थ सबैभन्दा ठूलो कुरा भएको पनि स्पष्ट पारे। उनले भने, ‘अहिलेको सरकार कहीँ पनि ढल्केको छैन। देशको स्वार्थलाई केन्द्रमा राखेर विगतमा कतै ढल्किएको देखिएको अवस्थालाई पनि ट्र्याकमा ल्याउने काम भइरहेको छ।’ बीआरआई पनि अनुदानमा नै प्राप्त होस् भन्‍ने किसिमले कुराहरु भइरहेको उनले बताए।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण १४ २०७९०७:०१:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend