आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

खानेपानी समस्या समधान गर्न पौडेलको माग

खानेपानी समस्या समधान गर्न पौडेलको माग

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 2.0K
    SHARES

  • खानेपानी समस्या समधान गर्न पौडेलको माग

    काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौं उपत्यकामा खानेपानीको भयावह अवस्थाको अन्त्य गर्न सरकारको योजना संसदमा पेस गर्न माग गरेका छन्।

    शुक्रवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पौडेलले सरकारले काठमाडौं उपत्यकामा खानेपानीको अभाव पूर्ति गर्न बनाएको योजना संसदमा पेस गर्न माग गरेका हुन्।

    उनले खानेपानी राज्यको अभिभारा एक घर एक धारा’ नारा भएपनि काठमाडौं उपत्यकाको करिव ६५ प्रतिशत घरका धारामा पानी नआउने बताए। उनले सरकारले पानी नआउने धारा राखे बापत शुल्क भने नियमित लिइरहेको बताए।

    उनले काठमाडौंमा धेरै जमिनमुनीको पानी र ट्याङकरको पानी प्रयोग गरेर पानीको आवश्यकता पूरा गर्नुपर्ने बाध्यता रहेको बताए।

    उनले भने, ‘सरकारको खानेपानी सम्बन्धमा नारा रहेको छ। ‘खानेपानी राज्यको अभिभारा एक घर एक धारा’ काठमाडौं उपत्यकाको करिव ६५ प्रतिशत घरहरुमा धारा छ तर पानी आउँदैन। सरकारले पानी नआउने धारा राखे बापत शुल्क नियमित लिइरहेको छ।’


    पौडेलले मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसकेको कारण ५० प्रतिशत चुहावटमा रहेको बताए।

    उनले भने, ‘काठमाडौंमा धेरै जमिनमुनीको पानी र ट्याङ्करको पानी प्रयोग गरेर पानीको आवश्यकता पूरा गर्नुपर्ने बाध्यता छ। मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसकेको कारण ५० प्रतिशत चुहावट छ। अहिले ९ करोड लिटिर पुरानो स्रोतबाट र मेलम्चीको चुहावटबाट बचेको ८ करोड गरी १७ करोड लिटर पानी वितरण हुन्छ। काठमाडौंमा दैनिक ४७ करोड लिटर पानी आवश्यक पर्छ। खानेपानीको भयावह अवस्थाको अन्त्य गर्नको निम्ति सरकारको योजना के छ तत्काल संसदमा पेस गरियोस्।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ११ २०७९०८:००:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend