काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुखका रूपमा अघि सार्न प्रस्ताव गरेका छन् ।
अहिलेसम्म भएका राष्ट्रपतिको भूमिका पार्टीगत र विवादास्पद रहेको भन्दै उनले पूर्वराजालाई राष्ट्रप्रमुखमा अघि सारेर जानुपर्ने प्रस्ताव गरेका हुन् । उनले अरूले दशकौँसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने भन्दै पूर्वराजा ज्ञानेन्द्रले एकपटक गरेको ‘गल्ती’ सुधार्ने मौका पाउन नहुने ? भनेर प्रश्नसमेत गरेका छन् ।
‘देश नै निरन्तर कमजोर, बदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’का रूपमा किन अघि नसार्ने ? अरूले दशकौँसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने। अहिले पनि चौतर्फीरूपमा व्यापक स्वीकार्यता भएको र देशको दीर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एक पटक गरेको ‘गल्ती’ सुधार्ने मौका पाउन नहुने ?’ बुधबार दिउँसो मिश्रले सामाजिक सञ्जालमा पूर्वराजाबारे लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।