काठमाडाैं- नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले भेटघाट गरेका छन्। काठमाडौंमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध, नेपालको राजनीति र समसामयिक विषयमा छलफल भएको छ।
कांग्रेस नेतासमेत रहेका पूर्वगृहमन्त्री खाँणले विदेशसचिव क्वात्रासँग लुम्बिनी विकास कोषको गुरुयोजना निर्माणबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको भ्रमणमा आएको बेलामा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीबारे पुनः स्मरण गराए।
भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीको भ्रमणका बेला लुम्बिनीको गुरुयोजना निर्माणमा सहयोग गर्ने बताएका थिए। त्यस्तै, पूर्वगृहमन्त्री खाँणले भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा नियमित उडानको वातावरण निर्माण गर्न वातावरण निर्माण गर्ने विषयमा क्वात्रासँग छलफल गरे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।