काठमाडौं– नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन २ मा हुने उपनिर्वाचनमा आफू नै उम्मेदवार हुने दावी गरेका छन्। तर उम्मेदवारी बारे पार्टीको निर्णय पनि कुर्ने उनको भनाइ छ।
निर्वाचन आयोगले आगामी वैशाख १० गतेका लागि उपनिर्वाचनको मिति तय गरेको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, उनले अमेरिकन नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिने प्रक्रिया पुरा नगरेको भनी सर्वोच्च अदालतले उम्मेदवार नै हुन अयोग्य रहेको फैसलया गर्यो । रिक्त भएको स्थानमा उपनिर्वाचन हुने भएपछि कांग्रेस नेता श्रेष्ठले आफू तयारीमा जुट्ने बताएका हुन् ।
गत चुनावमा रवि लामिछानेसँग नेता श्रेष्ठसहित एमालेका कृष्णभक्त पोखरेल लगायतले प्रतिस्पर्धा गरेका थिए । त्यसबेला लामिछानेले उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए ।
लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । तेस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।