आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महेश बस्नेतसँगको लडाइँमा प्रचण्ड जित्ने गरी नयाँ ट्वीस्ट !

महेश बस्नेतसँगको लडाइँमा प्रचण्ड जित्ने गरी नयाँ ट्वीस्ट !

  • मिडिया डबली
  • आइतवार, भाद्र ६ २०७८

  • 6.0K
    SHARES

  • महेश बस्नेतसँगको लडाइँमा प्रचण्ड जित्ने गरी नयाँ ट्वीस्ट !

    काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको आडमा नेता महेश बस्नेतले थुप्रै काम गराए, जसमध्येको एक थियो – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट राष्ट्रिय क्यान्सर इन्स्टिच्युटलाई भक्तपुर सार्ने निर्णय ।

    भक्तपुर नेता बस्नेतको गृहजिल्ला हो । बस्नेतले ओलीको पावर लगाएर इन्स्टिच्युटलाई भक्तपुर क्यान्सर अस्पतालमा सार्ने निर्णय गराएका थिए । तर अब प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले चितवनमै इन्स्टिच्युट बनाउने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारले गरेको इन्स्टिच्युट सम्बन्धी निर्णय रोक्न निर्देशन दिएका छन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षणपछि राज्यमन्त्री श्रेष्ठले भरतपुरमै राष्ट्रिय क्यान्सर इन्स्टिच्युट बनाइने बताएका छन् ।

    स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई अघिल्लो सरकारले गरेको निर्णय रोक्न निर्देशन दिइसकेको श्रेष्ठले बताए । उनले क्यान्सर रोगसम्बन्धी अध्ययन र अनुसन्धान केन्द्रका रुपमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विकास गरिने बताउँदै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पर्याप्त जमिन र भौतिक संरचना भएकाले इन्स्टिच्युट भरतपुरमै बनाउनुपर्ने बताए ।

    राज्यमन्त्री श्रेष्ठले भरतपुरलाई छाडेर भक्तपुरमा इन्स्टिच्युट बन्न नसक्ने बताएका छन् । निवर्तमान ओली सरकारले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई हेर्ने गरी अध्ययन, अनुसन्धानलगायत कामका लागि इन्स्टिच्युट भक्तपुर क्यान्सर अस्पतालमा राख्ने निर्णय गरेकामा चौतर्फी विरोध भएको थियो । नवनियुक्त राज्यमन्त्री श्रेष्ठले भरतपुरमा इन्स्टिच्युट राख्ने अडान लिएका छन् ।

    ‘राजनेताका नाममा स्थापना भएको क्यान्सर अस्पतालको विकासमा सरकारले कुनै कसर बाँकी राख्दैन,’ उनले भने । क्यान्सर रोग पहिचान गर्ने पेट स्क्यान लगायत महत्त्वपूर्ण उपकरण भित्र्याएर अस्पताललाई सुविधासम्पन्न बनाउन सरकारको तर्फबाट आवश्यक सहयोग हुने उनले बताए ।

    राज्यमन्त्री श्रेष्ठले क्यान्सरका बिरामीका लागि सरकारले उपलब्ध गराउँदै आएको १ लाख रुपैयाँलाई बढाएर ३ लाख रुपैयाँ पुर्‍याइने जानकारी दिए । क्यान्सरका बिरामीका लागि प्रक्रिया मिलाएर कोरोना विरुद्धको खोप उपलब्ध गराइने श्रेष्ठले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend