आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

काठमाडौंमा लकडाउन गर्न ढिलो भइसक्यो : कांग्रेस सांसद श्रेष्ठ

काठमाडौंमा लकडाउन गर्न ढिलो भइसक्यो : कांग्रेस सांसद श्रेष्ठ

  • मिडिया डबली
  • मंगलवार, आश्विन २७ २०७७

  • 4.3K
    SHARES

  • काठमाडौंमा लकडाउन गर्न ढिलो भइसक्यो : कांग्रेस सांसद श्रेष्ठ

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले उपत्यकामा लकडाउन गर्न ढिलो भइसकेको बताएका छन्। हालै कोरोना जितेका सांसद श्रेष्ठले काठमडौं उपत्यकामा कोरोना संक्रमितको संख्या थेग्न नसक्नेगरी बढेकोले तत्काल लकडाउन गर्न सुझाब दिएका हुन्।

    संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा दशैँ, तिहार र छठ जस्ता ठूला पर्व नजिकिएकोले सरकारले कडाखालको लकडाउन गरेर संक्रमण फैलिन नदिन भूमिका खेल्नु पर्ने श्रेष्ठले सुझाब दिए। संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा अहिले लकडाउन गर्नु उपयुक्त समय भएको उनको भनाइ छ।

    ‘अहिले लकडाउन गर्ने उपयुक्त बेला हो। संक्रमण भएका व्यक्तिहरु गाउँ जाने क्रम सुरु हुन्छ। धेरै भीडभाड हुने बैंक मालपोत जस्ता ठाउँमा पनि धेरै संक्रमित भएका छन्,’ श्रेष्ठले भने। उपत्यकामा पछिल्ला दिन संक्रमतिको संख्या अत्याधिक मात्रमा बढिरहेको छ। दैनिक जसो कुल संक्रमितको ६० प्रतिशत मानिस काठमाडौँका हुने गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २१ २०७८०९:४२:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend