आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राज्यमन्त्री उमेश श्रेष्ठलाई पहिलो गाँसमै ढुंगा : देउवाले गरे हस्तक्षेप, खुलेआम लाज !

राज्यमन्त्री उमेश श्रेष्ठलाई पहिलो गाँसमै ढुंगा : देउवाले गरे हस्तक्षेप, खुलेआम लाज !

  • मिडिया डबली
  • मंगलवार, श्रावण १९ २०७८

  • 4.4K
    SHARES

  • राज्यमन्त्री उमेश श्रेष्ठलाई पहिलो गाँसमै ढुंगा : देउवाले गरे हस्तक्षेप, खुलेआम लाज !

    काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पहिलो गाँसमै ढुंगा लागेको छ ।

    राज्यमन्त्री श्रेष्ठले गरेको कर्मचारी सरुवा प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो हस्तक्षेपले रोकिएपछि उनको सार्वजनिक अपमान नै भएको छ ।

    वीर अस्पताल अर्थात् कोभिड युनिफाइड अस्पतालका प्रमुखबाट राज्यमन्त्री श्रेष्ठले प्रा.डा. जागेश्वर गौतमलाई सरुवा गरेपनि प्रधानमन्त्री देउवालाई त्यसलाई रोकिदिएका छन् ।

    राज्यमन्त्री श्रेष्ठले सोमबार डा. गौतमलाई परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा सरुवा गरेका हुन् । तर देउवाले राज्यमन्त्री श्रेष्ठको निर्णयमा हस्तक्षेप गरेका छन् ।

    प्रधानमन्त्रीले देउवाले अहिले सरुवा पनि नगर्ने र नयाँ नियुक्ति समेत रोक्न निर्देशन दिएपछि डा. गौतम वीरमै रहने भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गौतमको सरुवा रोकिएको जानकारी दिए ।

    राज्यमन्त्री श्रेष्ठले डा. गौतमको ठाउँमा डा. रुद्र मरासिनीलाई नियुक्त गर्ने निर्णय गरेपनि अब मरासिनीले नियुक्ति समेत नपाउने भएका छन् ।

    राज्यमन्त्रीको निर्णय २४ घण्टा नपुग्दै उल्टिएपछि कर्मचारीमाझ श्रेष्ठको लाज भएको छ । गरेको निर्णय कार्यान्वयन गराउन नसक्ने मन्त्रीलाई कर्मचारीले नटेर्ने समस्या देखिने गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend