काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गर्दा कतिपयले आलोचना गरे । तर जब श्रेष्ठको सादा जीवन र उच्च विचारबारे थाहा पाए, त्यसपछि सबैले प्रशंसा गर्न थाले ।
राज्यमन्त्री श्रेष्ठले सरकारी तलबसुविधा नलिने सार्वजनिक घोषणा नै गरे । यति मात्रै होइन, राज्यमन्त्री श्रेष्ठले मन्त्रालयको सरकारी खानेपानी समेत नखाने गरेको पाइएको छ ।
मन्त्रालय स्रोतका अनुसार श्रेष्ठले खानेपानी समेत निजी खर्चमा बाहिरैबाट ल्याउने गरेका छन् । श्रेष्ठले सचिवालयका सदस्यलाई समेत कुनै थप सुविधा दिएका छैनन् ।
सरकारी सुविधाबापत प्राप्त हुने सुरक्षाकर्मीबाहेक राज्यमन्त्री श्रेष्ठले कुनै पनि सरकारी सुविधा लिएका छैनन् । आफू चढ्ने गाडी समेत श्रेष्ठले निजी गाडी नै प्रयोग गरेका छन् ।
राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयमा सुधारका काम गरिरहेका छन् भने बिचौलियाहरूलाई मन्त्रालयमा प्रवेश निषेध गरेका छन् । परीक्षा दिनुपर्ने विद्यार्थीका लागि कोरोना भाइरस विरुद्धको खोप दिने विषयमा राज्यमन्त्री श्रेष्ठको सक्रियता प्रशंसनीय मानिएको छ । श्रेष्ठले अन्य लक्षित वर्गलाई समेत खोप दिन पर्याप्त सक्रियता देखाउँदै सफलता हात पारेका छन् ।
राज्यमन्त्री श्रेष्ठले काम गरेर देखाउन थालेपछि उनको आलोचना गर्नेहरूको बोली बन्द भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।