आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कटौती भयो २ खर्ब ४४ अर्ब बजेट, के हो कारण? 

कटौती भयो २ खर्ब ४४ अर्ब बजेट, के हो कारण? 

  • मिडिया डबली
  • आइतवार, माघ २९ २०७९

  • 3.2K
    SHARES

  • कटौती भयो २ खर्ब ४४ अर्ब बजेट, के हो कारण? 

    काठमाडौं– सरकारले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । चालु आर्थिक वर्ष २०७९–८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन संसद बैठकमा सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान सार्वजनिक गरेका छन् ।

    यो वर्ष १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट आएको थियो । यसअनुसार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट कटौती भएको छ ।

    यस्तै सरकारले विकास खर्च १७.५ प्रतिशत, राजस्व संकलनको लक्ष्य ११.२९ प्रतिशतले कम गर्ने भएको छ। अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षामार्फत् यस्तो व्यवस्था गर्न लागेको हो। सरकारले जेठ १५ गते प्रतिनिधि सभामा पेस गरेको बजेटमा १७ खर्ब ९३ अर्ब रहेको थियो। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २४ २०७८०७:४८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend