आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

स्वास्थ्यलाभका लागि भन्दै वर्षमानलाई राखियो रिसोर्टमा

स्वास्थ्यलाभका लागि भन्दै वर्षमानलाई राखियो रिसोर्टमा

  • मिडिया डबली
  • आइतवार, माघ २९ २०७९

  • 3.7K
    SHARES

  • स्वास्थ्यलाभका लागि भन्दै वर्षमानलाई राखियो रिसोर्टमा

    काठमाडौं- माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई स्वास्थ्यलाभका लागि भन्दै गुप्तवासमा पुर्‍याइएको छ । अस्पतालबाट हालै डिस्चार्ज भएका पुनलाई बूढानीलकण्ठस्थित डाँडाको एउटा रिसोर्टमा लगिएको बुझिएको छ ।

    अस्पतालबाट निस्केको एक–दुई दिन स्वास्थ्यलाभको कामना भन्दै नियुक्ति, सरुवा, बढुवालगायत निजी काम भन्न आउनेको लर्को लागेपछि गुप्तबास रोज्न बाध्य हुनुपरेको उनका आफन्तले बताएका छन् । यस्ता व्यक्तिबाट हुनसक्ने इन्फेक्सनलगायत कारण स्वास्थ्यमा झनै गम्भीर संकट आउन सक्ने खतरा बढेपछि गुप्तबास रोजिएको हो।

    चिकित्सकले कलेजो र मिर्गौला फेर्नुपर्ने अवस्था रहेको सार्वजनिक गर्दै स्वास्थ्य निकै गम्भीर रहेको जानकारी गराएका थिए । कलेजो प्रत्यारोपण गर्ने तयारीसमेत भएको थियो । तर हालै गरिएको एक परीक्षणमा भने कलेजोले काम गर्न थालेको जानकारीसँगै पुनले केही राहत अनुभव गरेको बताइन्छ । तत्काल कलेजो ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था हटेको बताइएको छ ।

    चीनबाट उपचार गरेर फर्केपछि पुनको स्वास्थ्य सामान्य बताइएको थियो । तर रोल्पामा पुगेका उनलाई असहज भएपछि तत्काल हेलिकोप्टरमा काठमाडौं ल्याई सुमेरु अस्पताल भर्ना गरिएको थियो । 

    कांग्रेसको गठबन्धन टुटाएर एमालेसँगको सहयोगमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुनले भूमिका खेलेका थिए । तर पछिल्लो समय माओवादीमा पुनको वर्चस्व कम हुँदै गएको बताइन्छ । अहिले माओवादीमा जनार्दन शर्मा हाबी भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०७७०६:५०:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend