काठमाडौं– आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहँदा कांग्रेस सांसद रामहरी खतिवडाले नियमापत्ति गरेका छन्।
ओलीले बोल्ने क्रममा सरकारको न्यूनतम साझा कार्यक्रममा भएका विषयबारे जानकराी गराउँदै थिए । तर कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गरे । उनले प्रतिनिधिसभा नियमावलीको नियम २६ अनुसार नियमापत्ती गरेको भन्दै ओलीले न्यूनतम साझा कार्यक्रमबारे बोल्न नपाउने बताए ।
‘पूर्वप्रधानमन्त्रीज्यूले बोल्ने क्रममा न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो । यो सदन चलेको दिनदेखि न्यूनतम साझा कार्यक्रमबारे जानकारी गराइएको छैन, कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुन नगरियोस्’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।