आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली पाँचै बर्ष प्रधानमन्त्री हुने, फेरीने मन्त्रीहरुको सूची भने तयार 

ओली पाँचै बर्ष प्रधानमन्त्री हुने, फेरीने मन्त्रीहरुको सूची भने तयार 

  • मिडिया डबली
  • आइतवार, भाद्र ७ २०७७

  • 16.6K
    SHARES

  • ओली पाँचै बर्ष प्रधानमन्त्री हुने, फेरीने मन्त्रीहरुको सूची भने तयार 

    काठमाडौं– केपी शर्मा ओली पाँचै वर्ष सरकारमा रहने भएका छन् । पार्टी भने अर्का अध्यक्ष प्रचण्डले चलाउने भएका छन् ।

    नेकपाभित्रको विवाद समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्री ओली पूरै कार्यकाल प्रधानमन्त्री रहने गरी प्रतिवेदन बुझाएको हो । महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदलले पार्टीका कामहरूको जिम्मेवारी भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई दिन सुझाव दिएको छ।

    यसअघि मंसिर ४ गते पनि प्रधानमन्त्री ओली पाँचै वर्ष प्रधानमन्त्री रहने र प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने निर्णय भएको थियो। तर, त्यो निर्णय कार्यान्वायन नभएपछि विवाद बढेको थियो ।
    साथै कार्यदलले मन्त्रीहरु हेरफेर गर्न भनेको छ । प्रदेश सरकारका मन्त्रीहरु समेत हेरफेर हुने भएका छन् । फेरिने मन्त्रीहरुको सूची तयार भइसकेको स्रोतको दाबी छ।

    राजनीतिक नियुक्तिहरू गर्ने, पार्टी एकतालाई आत्मसात गर्दै दुई अध्यक्षले सल्लाह गरेर अघि बढ्ने लगायत कुरा पनि प्रतिवेदनमा छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २२ २०७९०२:५६:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend