आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संसद् बैठकमा बोल्दै प्रदीप पौडेलले के भने?  

संसद् बैठकमा बोल्दै प्रदीप पौडेलले के भने?  

  • मिडिया डबली
  • आइतवार, माघ २२ २०७९

  • 2.8K
    SHARES

  • संसद् बैठकमा बोल्दै प्रदीप पौडेलले के भने?  

    काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा ल्याउन माग गरेका छन्। 

    नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी संदद बैठकको शून्य समयमा बोल्दै उनले विधेयक संसदमा ल्याउन माग गरेका हुन्। 

    ‘सम्पत्ति शुद्घिकरणसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई हालसम्म संसदमा नल्याउनु गम्भीर विषय हो,’ पौडेलले भने, ‘हिजो यो विषयमा अध्यादेश बनाएर पेश गरियो, सम्माननीय राष्ट्रपतिबाट जारी भएन।’ 

    उनले घुमाउरो बाटोबाट अस्थायी समाधान खोजेर मात्रै नपुग्ने जिकिर गर्दै भ्रष्टाचारको अन्त्य, हुण्डी निवारण लगायत विषयका लागि कडा कानुन बनाएर उचित मार्ग खोज्नु पर्नेमा जोड दिए।  

    ‘यो आज पुनः जेड ट्रयाकबाट अस्थायी समाधान खोजेर मात्र पुग्दैन। भ्रष्टाचारको अन्त्य, हुण्डी निवारण लगायतका विषयमा कडा कानुन निर्माण गरेर राइट ट्रयाक खोजियोस्,’ पौडेलले भने। 


    उनले गत पुस १ गते एफएटीएफको टोली नेपालको स्थलगत मूल्यांकन गरेर फर्किएको र उसको मूल्यांकनले कानुन नबनाए नेपाल ‘ग्रे जोन’ को सूचीमा पर्ने देखाएको पनि स्मरण गराए।  

    ‘एफएटीएफले तोकेका मापदण्डहरु पूरा गर्न नसक्दा कतिपय ठूला देशहरु आर्थिक विषयको अन्तराष्ट्रिय सञ्जालबाट बाहिरिएका छन्,’ पौडेलले भने, ‘जसको कारण आर्थिक जेड २ प्रणालीमा ती देशहरुले ठूलो संकट सामना गरिरहेका छन् भने हाम्रो जस्तो रेमिट्यान्समा निर्भर देश ग्रे जोनमा परेर अन्तराष्ट्रिय वित्तीय प्रणालीबाट दण्डित र बञ्चित हुन पुग्यो भने हाम्रो सिंगो अर्थतन्त्र धरासायी हुन पुग्छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ११ २०७९०८:००:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend