काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय सरकारको भएको भन्दै त्यो प्रधानमन्त्रीले टुंग्याउने बताएका छन् ।
सोमबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस बिषयमा पार्टीमा छलफल नभएको बताए । उनीअघि बैठकबाट निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि सञ्चारकर्मीले यसबारे प्रश्न सोधका थिए । गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले ‘बनाएपछि थाहा हुन्छ’ भन्ने जवाफ दिएका थिए ।
अमेरिकी नागरिकता त्यागेर नयाँ नागरिकता नलिएको भन्दै सर्वोच्च अदालतले शुक्रबार गृह मन्त्रालय सम्हालेका रवि लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।
सर्वोच्चको फैसलापछि लामिछानेले प्रधानमन्त्री समक्ष राजीनामा दिएका थिए । उनको राजनीमा पछि गृह मन्त्रालय जिम्मेवारी प्रचण्ड स्वयंले सम्हालिरहेका छन् ।
पुनः नागरिकता प्राप्त गरेसँगै लामिछाने गृह मन्त्रालयमा दोहोरिन चाहेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले निर्णय दिएका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।