बुधवार, चैत्र १५ २०७९Mar 29 2023

Logo
images

राहदानीविरुद्धको मुद्दा नपर्दै हतारहतार नागरिकता लिएर आजै रविलाई मन्त्री बनाउने तयारी

राहदानीविरुद्धको मुद्दा नपर्दै हतारहतार नागरिकता लिएर आजै रविलाई मन्त्री बनाउने तयारी

  • मिडिया डबली
  • आइतवार, माघ १५ २०७९


  • राहदानीविरुद्धको मुद्दा नपर्दै हतारहतार नागरिकता लिएर आजै रविलाई मन्त्री बनाउने तयारी

    काठमाडौं - रवि लामिछाने नागरिकताको प्रमाणपत्र लिन आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । उनले स्थानीय प्रशासनसँग समन्वय गरेर नागरिकता लिने तयारी गरेको बुझिएको छ ।

    लामिछानेविरुद्धको नागरिकता विवादको मुद्दामा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गर्ने फैसला गरेको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासलले यस्तो आदेश दिएको हो । लामिछानेको सांसद पद र गृहमन्त्री दुबै पद खारेज भएको छ ।

    images
    images

    चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त भएका थिए । उनले अंगीकृत र वंशज कुन नागरिकता पाउने भन्ने खुलेको छैन । यद्यपि उनीसँग नेपाली र अमेरिकी दुईवटा पासपोर्ट बोकेका छन् ।

    एकैपटक दुईवटा पासपोर्ट बोकेकोमा उनीविरुद्ध फौजदारी मुद्दा लाग्ने देखिएको छ । तर, आफू गृहमन्त्री भएपछि उनले प्रहरीलाई राहदानीविरुद्धको अनुसन्धान र छानबिनमा रोक लगाएका छन् । उनीविरुद्ध चाँडै सर्वोच्च अदालतमा दुईवटा राहदानी बोकेकोमा मुद्दा पर्ने बताइएको छ ।

    एकैपटक उनले दुईवटा राहदानी प्रयोग गरेको पुष्टि भइसकेको छ । यदि अदालतमा मुद्दा परेमा उनीमाथि एकदेखि तीन वर्षसम्म कैद सजाय हुने निश्चित छ । तर लामिछानेलाई हतारहतार नागरिकता लिएर आजै मन्त्री नियुक्ति गर्ने तयारी भइरहेको छ ।

    स्रोतका अनुसार बिहीबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा मध्यरातिसम्म बसेको बैठकमा यस्तो तयारी भएको हो । त्यसदिन राति ओलीसँग लामिछानेको गम्भीर बैठक चलेको थियो । कानुन व्यवसायीसमेतलाई राखेर गरिएको बैठकमा अदालतबाट कस्तो फैसला आउँदैछ भन्ने पूर्वभास ओली र लामिछानेलाई थियो ।

    त्यही भएर अदालतको फैसलापछि एमाले नेताहरूले यसलाई ठूलो घटनाको रूपमा नलिन र लामिछाने पुनः मन्त्री नियुक्त हुने बताउँदै आएका थिए । यदि लामिछानेले आज नागरिकता लिएमा उनलाई मन्त्री नियुक्त गरी साँझ ४ बजे शपथ खुवाउने भित्री तयारी भएको स्रोतले बतायो ।

    यदि लामिछाने फेरि मन्त्री बनेमा ६ महिनासम्म हुन पाउने र त्यसबीचमा चितवन २ मा उपनिर्वाचन गराउने एमाले अध्यक्ष ओलीको रणनीति छ । किनभने राष्ट्रिय स्वतन्त्र पार्टीलाई सँगै लिएर नगए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै बेला कांग्रेसँग मिलेर सरकार चलाउने भय ओलीमा देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १५ २०७९११:४४:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend