आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालेनको अर्को असफलता, पैसा तिर्न नसकेर बन्द भयो महत्वपूर्ण सेवा 

बालेनको अर्को असफलता, पैसा तिर्न नसकेर बन्द भयो महत्वपूर्ण सेवा 

  • मिडिया डबली
  • मंगलवार, माघ १० २०७९

  • 3.0K
    SHARES

  • बालेनको अर्को असफलता, पैसा तिर्न नसकेर बन्द भयो महत्वपूर्ण सेवा 

    काठमाडौं– काठमाडौं महानगरपालिकाको कल सेन्टरको एउटा नम्बर बन्द भएको छ। जेठ २३ गतेदेखि सञ्चालनमा ल्याइएको निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ हाल बन्द भएको सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले जानकारी दिए।

    उनका अनुसार हाल यस नम्बरको ब्यालेन्स सकिएको कारण बन्द भएको हो।

    महानगरका दुई वटा टोलफ्री नम्बर छन्। एउटा पुरानै ११८० नम्बर हो भने अर्को १६६००१०५५११ हो। नयाँ टोल फ्री नम्बरमा पैसा सकिएको कारण अहिले पुरानोमा सम्पर्क गर्न सकिने ढकाल बताउँछन्।

    ढकालका अनुसार मेयर बालेन शाह आएपछि धेरै मानिसले कल सेन्टरबारे थाहा पाएको कारण पनि सबैलाई नयाँ नम्बर थाहा भएको हो।

    अहिले कल सेन्टरको नयाँ नम्बरमा फोन गर्दा ‘माफ गर्नुहोला अहिले यो सुविधा उपलब्ध छैन’ भनेको सुनिन्छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend