आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रदीप पौडेलले भने– संविधान जोगाउन कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ 

प्रदीप पौडेलले भने– संविधान जोगाउन कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ 

  • मिडिया डबली
  • आइतवार, माघ ८ २०७९

  • 2.2K
    SHARES

  • प्रदीप पौडेलले भने– संविधान जोगाउन कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ 

    नवलपरासी– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपालको संविधान जोगाउनका निम्ति कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार प्रस्तुत गर्ने बताएका छन् ।

    कांग्रेस नवलपरासीको सुनवल नगर कार्यसमितिले आइतबार आयोजना गरेको अन्तरक्रियामा पौडेलले संविधान जोगाउनका निम्ति नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार प्रस्तुत गर्ने बताएका हुन् ।

    उनले भने, ‘नेपालको संविधान जोगाउनका निम्ति नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार प्रस्तुत गर्छ । संविधानको रक्षाका निम्ति राष्ट्रपतिका लागि हुने निर्वाचनका सम्पूर्ण मतदातालाई नेपाली कांग्रेसको पक्षमा मत दिन अनुरोध गर्छौं।’

    विगतमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि बारम्बार प्रहार गरेको भन्दै पौडेलले फेरि पनि नेकपा एमाले अनुकूलको राष्ट्रपति चुनिए संविधानका लागि खतरा हुने जिकिर गरे ।

    कांग्रेसको समन्वयकारी भूमिकाले विगतमा देशका गम्भीर समस्याहरु समाधान गरेको भन्दै पौडेलले कांग्रेसको नेतृत्व राष्ट्रपतिमा पुगे संसदलाई समन्वय गर्न सक्नेमा जोड दिए ।

    पौडेलले पार्टीलाई लोकप्रिय बनाउन र आम जनताको मनमा बस्न कसरी सकिन्छ भन्ने बारे सबै नेताले सोच्न जरुरी रहेकोमा पनि जोड दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ११ २०७९०८:००:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend