आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालेनले १० वर्ष जेठो विशाल भण्डारीलाई भाइ भनेपछि...

बालेनले १० वर्ष जेठो विशाल भण्डारीलाई भाइ भनेपछि...

  • मिडिया डबली
  • आइतवार, माघ ८ २०७९

  • 7.1K
    SHARES

  • बालेनले १० वर्ष जेठो विशाल भण्डारीलाई भाइ भनेपछि...

    काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन अहिले निकै चर्चामा छन् । स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएपछि बालेनलाई अहिले प्रश्नसमेत सोध्न वर्जित छ । यदि कसैले प्रश्न सोधिहालेमा उनले किन प्रश्न सोधेको भन्दै रुखो जवाफ फर्काउने गरेका छन् ।

    शनिबार सामाजिक सञ्जालमा मेयर बालेन र कलाकार निर्माता विशाल भण्डारीको दोहोरी नै चल्यो । विशाल भण्डारीले सामाजिक सञ्जालमा मेयर बनेपछि बालेनले भत्काउनेबाहेक बनाउने के काम गरेका छौ भन्दै बुँदागत प्रश्न सोधेपछि बालेनले असभ्य शैलीमा जवाफ फर्काएका छन् । कतिसम्म भने उनले तल्लोस्तरमा टिप्पणी गर्दै आफ्नो पदीय मर्यादाको ख्यालसमेत गरेका छैनन् । बालेनले पैसा मात्र कमाउनेलाई जवाफ दिनु आवश्यक नभएको उल्लेख गरेका मात्र होइनन्, तिम्रो स्थानीय तहका मेयरले के गरेका छन् भने प्रतिप्रश्नसमेत गरेका छन् ।

    भण्डारीले आफूले श्री ८ बालेन्द्र साहलाई प्रश्न मात्र सोधेको भनेर फेरि लेखेपछि बालेनले प्रश्न सोध्न पाइन्छ भाइ भनेर लेखेका छन् । त्यसपछि भण्डारीले बोलनलाई लक्षित गर्दै लेखेका छन्, ‘सबेरै उठेर जिम गयो ब्यायाम गरो भने ८–१० बर्ष कान्छोले नि मेयर भएसी भाइ भन्ने रछ। लौ ब्यायाम गरौ अब ।’ भण्डारी बालेनभन्दा उमेरले १० वर्षले जेठा छन् । तर बालेनले आफूलाई प्रश्न सोधेकै रिसमा भाइ भनेर हेपेका छन् । बालेनले तिम्रो पालिकाका मेयरले के काम गरेर भण्डारीलाई सोधे पनि भण्डारी भने काठमाडौं महानगरपालिकाकै मतदाता हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend