आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

वर्षमान पुनको स्वास्थ्य अवस्था क्रिटिकल भएकै हो ? शीर्ष नेताहरू तारन्तार पुग्न थाले सुमेरु

वर्षमान पुनको स्वास्थ्य अवस्था क्रिटिकल भएकै हो ? शीर्ष नेताहरू तारन्तार पुग्न थाले सुमेरु

  • मिडिया डबली
  • बुधवार, माघ ४ २०७९

  • 3.4K
    SHARES

  • वर्षमान पुनको स्वास्थ्य अवस्था क्रिटिकल भएकै हो ? शीर्ष नेताहरू तारन्तार पुग्न थाले सुमेरु

    काठमाडौं - माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अहिले ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा छन् ।

    केही दिनअघि रोल्पामा पार्टी कार्यक्रममा सहभागी हुँदै गर्दा अचानक अस्वस्थ भएपछि उनलाई हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याएलगत्तै उनलाई सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । दुर्लभ जण्डिस रोग बिग्रेका कारण उनी लामो समयदेखि अस्वस्थ रहँदै आएका छन् ।

    उनको सिंगापुर, चीनमा समेत उपचार भइसकेको छ । झन्डै एक महिनाअघि चीनको सिचुवान पुगेर उनी उपचार गरेर फर्केका थिए । तर नेपाल आएको १५ दिन नबित्दै उनी फेरि थलिएका छन् ।

    मंगलबार मन्त्रिपरिषद् विस्तार गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुमेरु अस्पताल पुगेर वर्षमान पुनको स्वास्थ्य अवस्था बुझेका थिए । बुधबार बिहान मात्रै उपराष्ट्रपति नन्दबहादुर पुन तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल सुमेरु अस्पताल पुगेर पुनको स्वास्थ्य अवस्था बुझेर फर्किएका छन् ।

    पार्टी र सरकारका उच्च नेताहरू तारन्तार अस्पताल पुग्न थालेपछि पुनको स्वास्थ्य अवस्था निकै क्रिटिकल भएको हो कि भन्ने अनुमान गरिएको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न रोकेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेता पुनको भूमिका निकै रहेको थियो । उनले नै एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा प्रचण्डलाई पुर्याएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०७७०६:५०:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend