आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेविसंघ र तरुण दलका अध्यक्षलाई भेटेर देउवाले के भने? 

नेविसंघ र तरुण दलका अध्यक्षलाई भेटेर देउवाले के भने? 

  • मिडिया डबली
  • शुक्रवार, पौष २९ २०७९

  • 2.7K
    SHARES

  • नेविसंघ र तरुण दलका अध्यक्षलाई भेटेर देउवाले के भने? 

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका दुई भ्रातृ संस्थालाई पूर्णता दिने तयारी गरेका छन्।

    शुक्रबार धुम्बाराहीस्थित निवासमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र तरूण दल अध्यक्ष विद्वान गुरूङसँग सभापति देउवाले छलफल गरेका हुन्।

    स्ववियु चुनावको मिति तोकिएकोले नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिन लागिएको हो। चैत ५ मा स्ववियु चुनाव गर्ने त्रिविको तयारी छ।

    तरूण दल र नेविसंघमा सभापति देउवाले यसअघि अध्यक्ष मात्रै तोकेका थिए। भ्रातृ संस्थालाई पूर्णता दिन कांग्रेसले सभापति देउवालाई जिम्मेवारी दिएको लामो समय भइसकेको छ।

    ‘अब एक साताभित्र भ्रातृ संस्थालाई पूर्णता दिने तयारी छ। सभापतिज्यू यसमा सकारात्मक हुनुहुन्छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘नेविसंघमा १०० देखि १५० सम्म सदस्य राखेर केन्द्रीय समिति बनाउने तयारी छ। तरूण दलमा पनि त्यस्तै हुन्छ।’

    कांग्रेसले अधिकांश भ्रातृ संस्थाको समयमै महाधिवेशन गर्न सकेको छैन। त्यसैले केही भ्रातृ संस्थामा भने अध्यक्ष मात्रै तोकिएको छ। 

    निर्वाचन परिणाम आएको तीन महिनाभित्र नेविसंघ र तरूण दल महाधिवेशन गर्ने भनिए पनि स्ववियु चुनावलगायतले गर्दा महाधिवेशन फेरि अनिश्चित हुने देखिएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २८ २०७७०१:२२:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend