आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जामन्त्री बन्ने

राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जामन्त्री बन्ने

  • मिडिया डबली
  • शुक्रवार, पौष २९ २०७९

  • 5.1K
    SHARES

  • राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जामन्त्री बन्ने

    काठमाडौं- राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा प्रचण्ड नेतृत्वको सरकारमा जाने भएको छ । लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने भएका छन् । यसअघि उपप्रधान र गृहमन्त्री ताकेका लिङ्देन राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सो मन्त्रालय उछिट्याइदिएपछि अर्कै मन्त्रालय रोज्न बाध्य भएका हुन् ।

    राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाबाट अर्का मन्त्रीमा महामन्त्री धवलशमशेर राणा बन्ने भएका छन् । मन्त्रीका लागि राप्रपामा मारामार छ । त्यही भएर ज्ञानेन्द्र शाही जस्ता नेताहरु अहिले सरकारमा जान हुन्न भन्दै हिँडेका छन् ।

    ऊर्जा मन्त्रालय जस पाउने मन्त्रालय होइन । राप्रपाका पुराना नेताहरु पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी दुवै जलस्रोत मन्त्री बनिसकेका छन् । त्यही बिँडो अहिले लिङ्देनले पनि थाम्न खोजेका हुन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौंमा चाँडै लोडसेडिङ हुने घोषणा गरिसकेका छन् । यस्तो अवस्थामा लिङ्देनलाई ऊर्जा मन्त्रालय चलाउन त्यति सजिलो छैन । यदि काठमाडौंमा लोडसेडिङ भएमा ‘प्रथम गाँसे मत्सिका’ अर्थात् पहिलो गाँसमै लिङ्देनलाई झिंगा पर्ने निश्चित छ ।

    पछिल्लो समय नेपालको जलविद्युत आयोजनामा विदेशी निकायको चलखेल निकै छ । खासगरी चीनले नेपालको जलविद्युत आयोजनामा आँखा लगाएको छ । यसलाई लिङ्देनले कसरी डिल गर्लान् भन्ने चासो देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend