आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

हारेर पनि सांसद बन्न खोजेका शंकर पोखरेलको सपना चकनाचुर, के हो कारण? 

हारेर पनि सांसद बन्न खोजेका शंकर पोखरेलको सपना चकनाचुर, के हो कारण? 

  • मिडिया डबली
  • बिहिवार, पौष २१ २०७९

  • 3.2K
    SHARES

  • हारेर पनि सांसद बन्न खोजेका शंकर पोखरेलको सपना चकनाचुर, के हो कारण? 

    काठमाडौं– प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका एमाले महासचिव शंखर पोखरेलको फेरी सांसद बन्ने योजना असफल बनेको छ। नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मालाई राजीनामा गराएर एमाले महासचिव शंकर पोखरेललाई उपचुनाव लडाउने प्रयास तत्काललाई रोकिएको हो ।

    नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै दाङ–२ बाट निर्वाचित शर्मालाई राजीनामा गराउने र पोखरेललाई उपचुनाव लडाएर सांसद ल्याउने प्रयास भएको थियो ।

    ४ मंसिरमा भएको चुनावमा शर्माले पोखरेललाई १९३ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य चुनिएकी थिइन् । उनी माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित एक्लो महिला सांसद हुन् । तर संसदको अधिवेशन सुरु नहुँदै उनलाई राजीनामा गराउने प्रयास भएको खुलेको छ ।

    स्रोतका अनुसार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र एमालेका ओली दुबैले रेखासँग छलफल समेत गरेका थिए ।

    ओलीले बालकोटस्थित निवासमै बोलाएर रेखालाई सांसद पदबाट राजीनामा दिन र उपराष्ट्रपति बन्न प्रस्ताव राखेका थिए । तर रेखाले राजीनामा दिन अस्वीकार गरेकी छन् । दाङ–२ का मतदाताले विकासका काम गर्ने शर्तमा आफूलाई चुनावमा जिताएर पठाएको भन्दै उनले त्यो जिम्मेवारी पूरा नगरेसम्म दायाँ–वायाँ गर्ने छुट नभएको जवाफ दिएकी छन् ।

    ओलीले पार्टी महासचिव पोखरेललाई संसदमा ल्याउन चाहेको बुझेपछि प्रधानमन्त्री प्रचण्डले पनि रेखासँग छलफल गरेका थिए । प्रचण्डले एमाले–माओवादीसहितको सरकार भएकाले शक्ति सन्तुलन मिलाउनका लागि राजीनामा दिएर सहयोग गरिदिन आग्रह गरेका थिए । उनले पनि उपराष्ट्रपति बन्न प्रस्ताव गरेका थिए ।

    रेखाले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई पनि दाङ–२ को आवश्यकता एकातिर र आफू अर्कोतिर हिंड्न नसक्ने जवाफ दिएकी छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०८:५६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend