काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विदेश भ्रमणमा निस्किएका छन् । पब्जीको विश्वकप भनिने पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजिसी)को फाइनल हेर्न मेयर बालेन इन्डोनेसिया गएका हुन् । मंगलबार बेलुकी परिवारको सदस्य, सचिवालय सदस्यको परिवार र रुटिन अफ नेपाल बन्द सञ्चालक भिक्टर पौडेलसँगै उनी इन्डोनेसिया भ्रमणमा निस्किएका हुन् ।
पीएमजिसीको फाइन खेल भोलि (जनवरी ६ देखि जनवरी ८)सम्म इन्डोनेसियाको राजधानी जकार्तामा हुँदैछ । आइतबार पीएमजिसीको फाइन सकिएपछि मेयर बालेनको टिम नेपाल फर्किनेछन् ।
भिक्टरले स्थानीय तहको निर्वाचनमा बालेन जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी ई(स्पोर्टस्सँग पनि जोडिएका छन् । नेपाली टोली द रियल सोल्जर्स (डीआरएस) गेमिङ भिक्टरको आफ्नै हो । डीआरएस पीएमजिसीको फाइनलमा छनोट भएको छ । डीआरएससँगै नेपाली अर्को टोली ट्रेन्ड टु किल (टिटुके) पनि फाइनल खेल्दैछ । त्यसका लागि नेपाली दुवै टोली जकार्ता पुगेका छन् ।
गत महिना मलेसियामा भएको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै टीटूके फाइनलमा पुगेको थियो । डीआरएसले भने सर्भाइभल चरण र त्यसपछि लास्ट चान्स हुँदै फाइनल चरणमा स्थान पक्का गरेको थियो ।
सर्भाइभल चरणबाट १६ टिम लास्ट चान्सका लागि छनोट हुँदा डीआरएस एक सय १४ अङ्कसहित सातौँ भएको थियो । नेपाली अर्को टोली स्काइ लाइड्जले भने सर्भाइभल चरण पार गर्न सकेन ।
बालेनले बजेट सार्वजनिक गर्दा पनि सामाजिक विकास विभाग अन्तर्गत ई–स्पोर्टस् प्रतियोगिता आयोजना गर्नका लागि एक करोड रुपैयाँ विनियोजन समेत गरेका थिए । त्यसपछि चौतर्फी उनको विरोध भएको थियो ।
यता, इन्डोनेसिया जानुअघि मेयर बालेन दिइराखेको निर्देशनको भने आलोचना भइरहेको छ । उनले इन्डोनेसिया जानअघि काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारिसाधन पार्किङमा रोक लगाउन मौखिक निर्देशन दिएका दिए ।
सोही अनुसार नेपाल प्रहरी, ट्राफिक प्रहरीको सहयोगमा महानगर प्रहरीले मंगलबार उक्त क्षेत्रमा माइकिङ गर्दै पार्किङ गर्न रोक लगाएको छ । दरबारमार्गको सडकबाट पार्किङ हटाइएपछि त्यहाँका व्यवसायी तथा व्यापारीले आपत्ति जनाउँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।