काठमाडौं - काठमाडौंको मेयरमा निर्वाचित भएपछि बालेन्द्र साह (बालेन) यतिबेला सरकार प्रमुख, राष्ट्रप्रमुख, प्रमुख दलका नेता अध्यक्ष, चर्चित स्थानीय जनप्रतिनिधिसँग भेटघाटका क्रममा छन् ।
राजनीतिमा पहिलोपल्ट होमिएका बालेनले मेयरमा निर्वाचित भएको एक महिनामै काठमाडौंको फोहोरको व्यवस्थापन करिब करिब टुंगो लगाइसकेका छन् । अबको केही दिनमा काठमाडौंमा फोहोर देखिन छाड्ने अनुमान गरिएको छ ।
बालेनले काठमाडौंमा उत्पादन भएका कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्ने र किसानलाई वितरण गर्ने घोषणा गरेका छन् । सिभिल इन्जिनियर पनि भएकाले उनलाई कसरी मल उत्पादन गर्न सकिन्छ भन्ने थोरबहुत ज्ञान छ ।
उनले विषय विज्ञहरूलाई बोलाएर छलफलसमेत गरिसकेका छन् । युवा मेयर बालेन साहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भने हार्दिकता देखाउन नसकेको एउटा तस्बिर सार्वजनिक भएको छ ।
बिहीबार सामाजिक सञ्जालमा पोस्ट भएको तस्बिरमा राष्ट्रपति भण्डारी र मेयरको दूरी निकै टाढा छ । झन्डै २५ मिटर दूरीमा राखेर राष्ट्रपतिले मेयर बालेनसँग कुराकानी गरेकी छन् ।
जबकि त्यति लामो दूरीमा राष्ट्रपति भण्डारीले के भनिन् र बालेनले के सुने होलान् भन्ने जिज्ञासा उत्पन्न भएको छ । राष्ट्रपति भण्डारी मधुर स्वरमा बोल्छिन् । उनले बोलेका कुरा सुन्न माइककै व्यवस्था गर्नुपर्छ ।
आफूलाई मन परेका व्यक्तित्व भेट्नु परेमा राष्ट्रपतिले नजिकै राखेर तस्बिर खिचाउने गर्छिन् । तर, काठमाडौंको मेयर जो राज्यमन्त्रीको हैसियतमा हुन्छन् उनीसँग भेट्नुपर्दा राष्ट्रपतिले किन ‘लङ डिस्टान्स’ को नीति अवलम्बन गरियो भन्ने चासो सामाजिक सञ्जालमा व्याप्त छ ।
कोभिडको संक्रमण कमै रहेको यस्तो अवस्थामा राष्ट्रपति कार्यालयले काठमाडौंका मेयर बालेनको मर्यादा कायम गर्न नसकेको चर्चा सुरु भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।