आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कार्यपालिका बैठकमै वडाध्यक्षहरुले बालेनलाई थर्काएपछि महानगरमा खैलाबैला 

कार्यपालिका बैठकमै वडाध्यक्षहरुले बालेनलाई थर्काएपछि महानगरमा खैलाबैला 

  • मिडिया डबली
  • मंगलवार, आषाढ २१ २०७९

  • 2.7K
    SHARES

  • कार्यपालिका बैठकमै वडाध्यक्षहरुले बालेनलाई थर्काएपछि महानगरमा खैलाबैला 

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका लागि कार्यपालिकाका हरेक बैठक सुखद् छैनन्। पहिलो कार्यपालिका बैठकमा कांग्रेसबाट निर्वाचित वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालसँग चर्काचर्की परेपछि सुरु भएको बखेडा अझै रोकिएको छैन। आज बसेको बैठकमा केही वडाध्यक्षहरुले काठमाडौँको फोहोर र फुटपाथको विषय उठाएपछि केहीबेर रोचक सवालजवाफ भएको थियो। 

    कांग्रेसबाट निर्वाचित वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जनले ‘काठमाडौँलाई फोहोरमुक्त बनाउने मेयरको कुरामा आफूलाई विश्वास नलागेको’ बताए। ‘काठमाडौँलाई फोहोरमुक्त बनाउने भन्ने कुरामा मलाई चाहिँ विश्वास लागेन है,’ कार्यपालिका बैठकमा वडाध्यक्ष महर्जनले भने, ‘तर, प्रमुखले भनेको कुरा पुरा भएन, त्यसकारण मैले नै झुट बोलेको जस्तो भयो।’ काठमाडौँको फोहोर उठाउनका लागि मेयर बालेन्द्रले ‘गाडी उपलब्ध गराउँछु’ भनेर गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै महर्जनले असन्तुष्टि पोखेका हुन्।

    वडाध्यक्षले यसरी रिस पोखेपछि हस्याङफस्याङ गर्दै मेयर बालेन्द्र उनको प्रश्नको जवाफ दिन थाले। महानगरले गरेका कामलाई ‘धन्यवाद’ नदिएको तर आलोचना बढी भएको उनले बताए।

    ‘टेकुमा दुर्गन्ध कम गर्न धेरै काम भए, तर, कहिले पनि धन्यवाद भन्न सक्नुभएन,’ उनले भने, ‘तपाईंले गाडी पठाइदिनुस भन्नुभयो, ४ वटा, ८ वटा पठाइयो त्यसको लागि कहिल्यै धन्यवाद भन्न सक्नुभएन।’ मेयर बालेन्द्र यतिमै रोकिएनन्। उनले आफ्नो वडाको फोहोर व्यवस्थापनका लागि वडाध्यक्षले केही नगरेको बताए।

    ‘हाम्रो फोहोर व्यवस्थापन समिति छ, समितिमा तपाईं पनि हुनुहुन्छ, फोहोरलाई कसरी मल बनाउन सक्छौँ भन्ने अध्ययनमा जानुभएको थियो,’ बालेन्द्रले भने, ‘यही बैठकबाट म सोध्न चाहन्छु, तपाईंले फोहोर व्यवस्थापनका लागि के गर्नुभयो। आफूले पनि आत्मालोचना गर्नुपर्ने कुराहरु छन्।’ ‘धन्यवाद’ नभनेकोमा मेयरले असन्तुष्टि जनाएपछि महर्जनले त्यसको जवाफ दिएका थिए।

    ‘हजुरले जुन धन्यवाद दिएन भनेर भन्नुभयो, तर धन्यवाद दिने त्यस्तो काम नै भएन। मैले सोध्दा ५० वटा, सय वटा चाहिए पनि अहिले नै दिन्छु भन्नुभएको थियो,’ उनले भने, ‘लिजमा दिनका लागि तपाईंको अधिकार छ कि छैन भनेर सोधेको थिएँ। फेरि डिजेलको भाउ बढेर गाडी आएन भनियो। मैले त्यहाँ बोलेको कुरा पुर्याउन नसकेपछि कसरी धन्यवाद दिने तपाईंलाईरु’

    महर्जनले अहिले नै टेकुमा पुगेर त्यहाँको अवस्था जाँच गर्न चुनौती समेत दिए।  ‘अहिले जाउँ, भोलि बिहान जाउँ हेर्न टेकुमा के छ अवस्था? अहिले तपाईंले मलाई जुन आरोप लगाउनुभयो त्यो गलत छ,’ उनले भने, ‘तपाईंले जे भन्नुभयो त्यो गलत भन्नुभयो। यो त मान्छे मरिसकेपछि उपचार गर्ने कुरा गर्नुभयो तपाईंले, म तपाईंसँग धेरै विवाद गर्न चाहन्नँ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend