काठमाडौं– मंगलबार शेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकमा ३।०३ अंकले ओरालो लागेर २०६१.०६ विन्दुमा आएर बजार बन्द भएको छ । मंगलबार ०.१५ प्रतिशतले शेयर बजार घटेको हो ।
शेयर बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । २५७ कम्पनीको कारोबार हुँदा ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएको छ ।
हिमालय डिस्टिलरीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोडभन्दा बढीको शेयर बिक्री भएको छ । साथै एनआईसी एसिया बैंकको ९ करोडभन्दा बढीको शेयर बिक्री भएको छ ।
कुल १०७ कम्पनीमा उकलो लागेको छ भने १०२ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी स्थीर रहेको छ । १३ उपसूचकहरूमध्ये ४ कम्पनी उकालो लागेको छ । बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ ।
पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेपछि र अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आएपछि एकाएक बढेको शेयर बजारले अब भने प्रचण्ड र पौडेललाई पत्याउन छाडेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।