शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

अर्थमन्त्री खतिवडाको पद जाँदै, को बन्दैछ नयाँ अर्थमन्त्री?

अर्थमन्त्री खतिवडाको पद जाँदै, को बन्दैछ नयाँ अर्थमन्त्री?

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ५ २०७७

  • 14.6K
    SHARES

  • अर्थमन्त्री खतिवडाको पद जाँदै, को बन्दैछ नयाँ अर्थमन्त्री?

    काठमाडौं– अर्थ र सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडा मन्त्री पद जाने पक्का भएको छ । नेकपा भित्रको विवाद समधानका लागि गठित कार्यदलको प्रतिविदेन आएपछि मन्त्रीमण्डल पुनर्गठनमा खतिवडालगायत धेरैजना मन्त्रीहरू हट्ने प्रायः निश्चित भएको हो।

    फागुनमै राष्ट्रिय सभाको सांसदबाट बाहिरिएका उनलाई प्रधानमन्त्रीले एक्लौटी ढंगले पुनः अर्थमन्त्रीमा नियुक्त गरी सूचना तथा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी दिएका थिए ।

    राष्ट्रिय सभाको रिक्त सदस्य पदमा पार्टीको पूर्ववत् निर्णयबमोजिम वामदेव गौतमलाई नै लैजाने र प्रभावशाली मन्त्रालयको जिम्मेवारी दिने विषयमा सबैजसो नेता सहमत देखिएका छन् ।

    टेक्नोक्रयाटलाई राजनीतिज्ञको बिल्ला भिराएर राष्ट्रिय सभा सदस्य, शक्तिशाली मन्त्रालय र केन्द्रीय सदस्यको जिम्मेवारी दिएपनि यतिखेर उनी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको लागि ‘घाँडो’ साबित भएका छन् ।

    यसपटक सांसदमा पुनः नियुक्त नहुने र मन्त्रीबाट समेत बाहिरिनुपर्ने छनक पाएका खतिवडालाई चालु आर्थिक वर्षको बजेट घोषणा अगावै राजश्व दरमा गरिने फेरबदलको सूचना चुहाएर विद्युतीय गाडी र चक्लेटमा करोडौं रूपैयाँ अनियमितता गरेको आरोप लागेको छ ।

    राष्ट्र बैंकमा रहेका छोरी ज्वाईंलाई काजमा मन्त्रालय झिकाएर अनियमिततामा संलग्न गराएको बारे दृष्टिले यसअघि धेरै पटक सप्रमाण समाचार प्रकाशित गरेको थियो ।

    खतिवडाको भदौ २० गते पुनः मन्त्री नियुक्त भएको ६ महिना पुग्दैछ । खतिवडाको ठाउँमा सम्भवतः सुरेन्द्र पाण्डे अर्थमन्त्री बन्ने बलियो सम्भावना छ । यस्तै नेकपा महासचिव विष्णु पौडेलले समेत अर्थमन्त्री हुने इच्छा देखाएका छन्।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १९ २०७७०५:०१:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend