शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

अर्थमन्त्री खतिवडाको पद जाँदै, यस्तो छ कारण 

अर्थमन्त्री खतिवडाको पद जाँदै, यस्तो छ कारण 

  • मिडिया डबली
  • बुधवार, भाद्र ३ २०७७

  • 8.6K
    SHARES

  • अर्थमन्त्री खतिवडाको पद जाँदै, यस्तो छ कारण 

    काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाको पद नजोगिने सम्भावना बढेको  छ।  संवैधानिक व्यवस्था अनुरुप उनलाई मन्त्रीमा निरन्तरता दिनका लागी भदौ २१ अघि नै उनलाई सांसद बनाइसक्नुपर्ने छ। तर, राष्ट्रिय सभामा खाली एक पदमा नयाँ पात्रको चर्चा सुरु भएसँगै खतिवडाको पद जाने सम्भावना बढेको हो। 

    राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल गत फागुन २० गते पुरा गरेर सांसद मुक्त भएका खतिवडा ६ महिनासम्म सांसद नभएपनि मन्त्री बन्न पाउने संवैधानिक सुविधा अनुसार अहिले बहाल छन्।

    संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधामन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै पनि व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने  प्रावधान छ। त्यसरी बनेका मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्य बन्न नसके स्वतः पदमुक्त हुने व्यवस्था छ।

    राष्ट्रियसभा सदस्यको दुई वर्षको कार्यकाल समाप्त भएपछि खतिवडाले गत फागुन २० गते मन्त्री पदबाट राजीनामा दिएका थिए। सरकारले संविधानको धारा ७८ अनुसार नै उनले राजीनामा दिएको २४ घन्टा नपुग्दै सूचना तथा प्रविधि मन्त्रीको थप जिम्मेवारीसहित फागुन २१ गते पुनर्नियुक्ति दिएको थियो। खतिवडाको मन्त्री  पद कायमै राख्नका लागि उनलाई भदौ २१ गते अगावै सांसदमा नियुक्ति गर्नुपर्नेछ। 

    राष्ट्रियसभामा मन्त्रिपरिषदले सिफारिस गरेर राष्ट्रपतिले मनोनित गर्ने एक सिट रिक्त छ। राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभाको सदस्य अझै रिक्त रहेकाले खतिवडालाई भदौ २१ गते अघिनै नियुक्त गरे उनको मन्त्री पद जोगिने अन्यथा मन्त्री पद स्वतः हट्नेछन्। नेकपाभित्र खतिवडालाई हटाउनुपर्ने मत बलियो छ। मन्त्रिपरिषद् हेरफेर हुँदा सुरेन्द्र पाण्डे अर्थमन्त्री बन्ने सम्भावना समेत छ। 

    यता राष्ट्रियसभामा रिक्त पदमा सुरुमा वामदेव गौतमलाई लैजाने चर्चा थियो । सत्तारूढ दल नेकपाको सचिवालय बैठकले नै उपाध्यक्ष गौतमलाई मनोनयन गर्ने निर्णय गरेको थियो ।  पनि कार्यान्वयन भएको छैन । 

     हालका अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिनुपर्ने मत पनि योबीचमा आए । खतिवडालाई लैजान स्वयं प्रधानमन्त्री नै लागिपरेका थिए । तर अहिले खतिवडाको  स्थानमा नयाँ पात्रको  चर्चा सुरू भएको छ । 

    स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको रिक्त स्थानमा गुरु बराललाई  सिफारिस गर्ने तयारी  गरिएको स्रोत बताउछ । बराल मदन भण्डारी मेमोरियल एकेडेमी नेपालका अध्यक्ष हुन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १९ २०७७०५:०१:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend