शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

के बामदेव गौतम अर्थमन्त्री बन्दैछन्? 

के बामदेव गौतम अर्थमन्त्री बन्दैछन्? 

  • मिडिया डबली
  • मंगलवार, भाद्र ९ २०७७

  • 10.2K
    SHARES

  • के बामदेव गौतम अर्थमन्त्री बन्दैछन्? 

    काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडा अबको १० दिनेपछि स्वतः पदमुक्त हुनेछन्। सांसद नभएको व्यक्ति छ महिनाभन्दा बढी मन्त्री बन्न संविधानले दिदैन । अबको दश दिनभित्र राष्ट्रियसभाबाट सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित सांसद बन्न नसके उनको पद स्वतः जानेछ। 

    खतिवडाले सञ्चार मन्त्रालयको समेत जिम्मेवारी पाएर सरकारका प्रवक्ता समेत छन् । अढाई वर्ष सरकारमा रहेका पूर्व गभर्नरलाई राष्ट्रियसभामा पुनः मनोनित गर्ने चर्चा पनि थियो । प्रधानमन्त्री ओली पनि उनलाई मनोनित गर्ने पक्षमा थिए । तर, नेकपा विवाद मिलाउने क्रममा अरुलाई नै मनोनित गर्नुपर्ने परिस्थित बनेको छ ।

    खतिवडा सरकारबाट बिदाई हुने निश्चितप्रायः भएपछि नेकपाभित्र अर्थमन्त्री बन्ने दौडधुप चलेको छ । राष्ट्रियसभामा मनोनित सदस्य बनेर उपप्रधानमन्त्री सहित अर्थको जिम्मेवारीमा बामदेव गौतम आउने चर्चा पनि छ । गौतम प्रतिनिधिसभाको चुनाव हारेकाले संविधान अनुसार राष्ट्रियसभा सदस्य भएपनि मन्त्री बन्न नपाउने पनि हुनसक्छ । त्यसका लागि कानुनले कस्तो व्याख्या गरेको छ भन्नेबारे परामर्श थालिएको छ । गौतम भने सरकारमा गएर शक्ति सञ्चयको रणनीतिमा लागिसकेको बुझिएको छ । उनी पुनः शक्ति सञ्चय गरेर भविष्यमा नेकपा अध्यक्ष बन्ने महत्वाकांक्षाका साथ प्रस्तुत हुने तयारीमा छन् ।

    अर्थमन्त्री भइसकेका सुरेन्द्र पाण्डे पनि सरकारमा जाने चर्चा छ । नेकपा विवाद समाधानका लागि मन्त्रीमण्डल पुर्नगठन हुँदा माधव नेपाल र झलनाथ खनाल दुवैले मन पराएका पाण्डेलाई अर्थमन्त्री बनाउनुपर्ने लबिङ भइरहेको छ । तर, प्रधानमन्त्री ओली निकट नभएकाले उनले उक्त मन्त्रालयले पाउने सम्भावना कमजोर छ ।

    नेकपाभित्र अर्थमन्त्री बन्न पूर्व एमालेका केही नेताहरु पनि सक्रिय छन् । महासचिव विष्णु पौडेलको सम्भावना पनि रहेको छ । ओलीले सकेसम्म आफ्ना विश्वासपात्रलाई नै अर्थको जिम्मेवारी दिने सम्भावना बलियो छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १९ २०७७०५:०१:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend