आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रभु साहलाई धोका दिँदै किरण साह पसे एमाले

प्रभु साहलाई धोका दिँदै किरण साह पसे एमाले

  • मिडिया डबली
  • मंगलवार, पौष १९ २०७९

  • 6.2K
    SHARES

  • प्रभु साहलाई धोका दिँदै किरण साह पसे एमाले

    काठमाडौं - रौतहट–२ का स्वतन्त्र सांसद किरणकुमार साह एमाले प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा अध्यक्ष केपी ओलीले साहलाई एमाले प्रवेश गराएका हुन् ।

    साहलाई पार्टी प्रवेश गराउने कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल, अजयकुमार गुप्ता, राजकिशोर यादव, शेख फजिले हकलगायत उपस्थिति थिए । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार साह तत्कालीन सात गठबन्धनका उम्मेदवार तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमका छोरा फिर्दोस आलमलाई झन्डै सात हजार मतको अन्तरले पराजित गरी विजयी भएका थिए ।

    ०७७ मा जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका उनी गत निर्वाचनमा क्षेत्र २ मा एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साहले प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    यसपटक निर्वाचनमा उनलाई रौतहट ३ का सांसद प्रभु साहले निकै ठूलो सहयोग गरेका थिए । प्रभु एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका थिए । रौतहटमा प्रभु साहलै लहरले किरण साहले चुनाव जितेका थिए ।

    प्रभु साहले आम जनता पार्टी खोलेलगत्तै किरण पुरानो पार्टी एमाले प्रवेश गरेका हुन् । चुनावताका किरणले प्रभुलाई आफूले साथ दिने बताएका थिए । तर चुनाव जितेपछि उनी प्रभु साहसँग टाढिँदै गए । किरण एमाले प्रवेश गरेसँगै रौतहटमा एउटा सांसद थपिएको छ । मधेस प्रदेशमा एमाले पहिलो दल बनेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ६ २०७८१०:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend