आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

को–को बन्दैछन् मन्त्री?  

को–को बन्दैछन् मन्त्री?  

  • मिडिया डबली
  • सोमवार, पौष ११ २०७९

  • 3.8K
    SHARES

  • को–को बन्दैछन् मन्त्री?  

    काठमाडौं– प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेका दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ। बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र ,राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, नागरिक उन्मुक्ति र जनमत पार्टी सहभागी हुनेछन्।

    आज अपराह्न ४ बजे प्रधानमन्त्री प्रचण्डको शपथ छ। त्यसअघि सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।  बैठकमा कुन पार्टीले कुन मन्त्रालय पाउने टुंगो लगाउने योजना छ। आजै प्रधानमन्त्री प्रचण्डले सानो मन्त्रीमण्डल बनाउने तयारी गरेका छन्। 

    प्रधानमन्त्रीसँगै आज चारजना मन्त्रीले शपथ लिने तयारी छ। एमालेबाट विष्णु पौडेल, माओवादीबाट नारायणकाजी श्रेष्ठ, स्वतन्त्र पार्टीबाट रवि लामिछाने र जनमत पार्टीबाट सिके राउतले मन्त्रीको शपथ लिने बताइएको छ। कसले कुन मन्त्रालय पाउने भन्नेचाहिँ टुंगो  लागिसकेको छैन।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०८:०३:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend