काठमाडौं– प्रधानमन्त्री को बन्ने? भन्ने विषयलाई सत्ता गठबन्धनले भोली टुंगो लगाउने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेको समय भोली सकिँदैछ। राजनीतिक दलहरू धमाधम सांसदहरूको हस्ताक्षर जुटाउने अभियानमा छन्।
सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले पनि छलफलाई तिव्र बनाएका छन्। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कुनै औपचारिक निर्णय भने लिन सकेको छैन्। सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पहिलो प्रधानमन्त्रीमा आ–आफ्नो दाबी अघि सारेसँग सरकार गठनको विषय पेचिलो बन्दै गएको हो।
सत्ता गठबन्धनको बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता समेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलि बिहान बस्ने बैठकपछि निर्णय आउने बताएका छन्।
आजको बैठकमा धेरै विषयमा गम्भीर रुपबाट छलफल भएको र ती छलपलहरु सकारात्मक भएको उनले बताए।
मन्त्री कार्कीले संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको विषय गौण भएको बताए। ‘प्रधानमन्त्रीको विषयमा हलो अड्किन्न, प्रधानमन्त्री को पहिलो हुने भन्ने कुरा गौण कुरा हो,’ मन्त्री कार्कीले भने, ‘मुलुकलाई जनताको आकांक्षाअनुसार कसरी अघि बढाउने भन्ने कुरा महत्वपूर्ण हो। गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुन्छ।’
भोलि (आइतबार) सम्म निर्णयमा पुग्नपर्ने बताउँदै उनले आफूहरुसँग संवैधानिक बाध्यता रहेको समेत सुनाए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।