आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एक साताभित्रै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो

एक साताभित्रै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो

  • मिडिया डबली
  • बिहिवार, मंसिर २९ २०७९

  • 4.5K
    SHARES

  • एक साताभित्रै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो

    काठमाडौं - सरकारले संघीय संसद्को अधिवेशन पुस मध्यतिर बोलाउने गरी छलफल सुरु गरेको छ । ढिलोमा पुस २० गतेभित्र संसद् बैठक बोलाइने भएको छ ।

    राष्ट्रपतिले नवनिर्वाचित सांसदको शपथग्रहणको समय तोकेपछि त्यही सेरोफेरोमा अधिवेशन आह्वानको सिफारिस हुने छ । संविधानको धारा ९३ ९१० मा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।

    निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न चुनावको अन्तिम परिणाम सार्वजनिक गरेसँगै नयाँ सरकार गठनको औपचारिक बाटो पनि खुलेको छ । संविधानको धारा ७६ ९३० मा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र नयाँ सरकार बन्नुपर्ने व्यवस्था छ ।

    आयोगले बिहीबार अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै छ । प्रतिवेदन प्राप्त गरेपछि राष्ट्रपतिले सरकार गठनको आह्वान गर्नेछिन् । शीतलनिवास स्रोतका अनुसार शुक्रबार र शनिबार प्रतिवेदन अध्ययन गरेर आइतबार वा सोमबारसम्ममा राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने तयारी छ ।

    आइतबार वा सोमबारसम्ममा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नेछिन् । आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार अहिले कुनै दलको बहुमत नआएकाले धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको गठबन्धन सरकार बन्ने देखिन्छ ।

    बहुमत पुगेको कुनै पार्टीको संसदीय दलको नेताले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्नुपर्छ । राष्ट्रपतिले नियुक्त गरिसकेपछि प्रधानमन्त्रीले एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्छ । यस आधारमा सुरुमा नेपाली कांग्रेसले सरकार बनाउने दाबी प्रस्तुत गर्नेछ । एक साताभित्रै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लाग्ने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०८:०३:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend