शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

रेशम चाैधरीकाे कमाल, आफू जेलमा बसेर पनि बुवा र श्रीमतीलाई बनाए सांसद

रेशम चाैधरीकाे कमाल, आफू जेलमा बसेर पनि बुवा र श्रीमतीलाई बनाए सांसद

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ९ २०७९

  • 5.0K
    SHARES

  • रेशम चाैधरीकाे कमाल, आफू जेलमा बसेर पनि बुवा र श्रीमतीलाई बनाए सांसद

    काठमाडौं- यसपटकको निर्वाचनमा जबर्जस्त रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टी उदाए । पार्टी खोलेर चुनावमा गएको भए प्रभु साहको पार्टी पनि चर्चित हुन्थ्यो होला । तर, स्वतन्त्र उम्मेदवारी दिएर प्रभु साहले आफूलाई मधेस प्रदेशमा जबर्जस्त स्थापित गरेका छन् ।

    रविको पार्टीले ६ महिनामै प्रत्यक्षतर्फ सातवटा सिट मात्र जितेको छैन, समानुपातिकमा १५ सिट ल्याउने देखिएको छ । त्यस्तै, रञ्जिता श्रेष्ठ (रेशम चौधरीकी पत्नी) अध्यक्ष भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा तीनवटा र बर्दियामा एक स्वतन्त्र गरी चारवटा सिट जितेको छ । सीके राउतको जनमतले संघमा सप्तरी २ मा मात्रै जिते पनि सो पार्टीबाट हालसम्म तीनजना प्रदेशसभा सदस्य निर्वाचित भइसकेका छन् ।

    यहाँ चर्चा गर्न खोजिएको रेशम चौधरीको विषयमा हो । उनी हाल डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय भुक्तान गरिरहेका छन् । २०७२ मा कैलालीको टीकापुर हत्याकाण्डको मुख्य अभियुक्तका रूपमा चौधरीलाई दोषी ठहर गरी सर्वोच्च अदालतले आजीवन कारावास सजाय सुनाएको हो । टीकापुर हत्याकाण्डमा एक बालकसहित आठजना सुरक्षाकर्मी मारिएका थिए ।

    अघिल्लो निर्वाचनमा उनी हिरासतमै रहेका बेला वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएर कैलाली १ बाट विजयी भएका थिए । तर, उनी एक दिन पनि प्रतिनिधिसभामा प्रवेश गर्न पाएनन् । हिरासतमै रहेका बेला उनलाई सिंहदरबारमा बोलाएर सांसदको सपथ खुवाइयो । त्यसपछि उनी कारागारमै छन् । 

    आफू कारागारमै रहेका बेला उनले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गर्न लगाए । सो पार्टीले गत स्थानीय तहको निर्वाचनका बेला कैलालीमा चारवटा स्थानीय तह जितेर ठूलो बनेको थियो । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा त नागरिक उन्मुक्तिले उल्लेख्य सफलता हासिल गरेको छ ।

    कारागारमै बसेर रेशम चौधरीले चुनावको मास्टर प्लान बनाएका थिए । सोहीअनुसार उनको पार्टीले सफलता पनि पाएको छ । सो पार्टीले कैलाली १, २ र ३ मा प्रतिनिधिसभा सदस्य तथा चारजना प्रदेशसभा र बर्दियामा रेशम चौधरीका बाबु लालवीर चौधरीले स्वतन्त्र उम्मेदवारी दिन लगाएर जिताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ३१ २०७७०९:००:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend