काठमाडौंँ - आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ ।
विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर प्रदान गरेको सम्मान पत्र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले ग्रहण गरेका हुन् । बैंकले उक्त आर्थिक वर्षमा २ अर्ब ७९ करोड रुपैँया कर सरकारलाई तिरेको थियो । पछिल्लो १० वर्षमा नबिल बैंक वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो सातै पटक हो ।
नबिल हरेक तवरले अग्रणी स्थानमा रहेको बताउदै सीईओ ढुंगानाले वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर दाखिला गरी राज्यको वृद्धि विकासमा टेवा पुर्याउन पाउँदा खुसी लागेको बताए । नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले २०७७/७८ सम्म राज्यलाई १८ अर्ब ३८ करोड रुपैँया कर बुझाएको छ ।
यो भनेको बैंकको तत्कालीन कुल पुँजीको १ दशमलव ३२ गुणा रकम हो । नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म नगद लाभांश १४ अर्ब ४५ करोड रूपैयाँ तथा १८ अर्ब ८ करोड बराबरको बोनश शेयर वितरण गरिसकेको छ ।
बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना राज्य र लगानीकर्तालाई आर्थिक योगदान पुर्याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको बैंकले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।