काठमाडौं– एमाले महासचिव शंकर पोखरेल दाङ–मा झन् पछाडि पर्न थालेका छन्। त्यहाँ सत्तागठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्माले मतान्तर फराकिलो पार्दै लगेकी छन्।
मतगणनाको पछिल्लो विवरण अनुसार अहिलेसम्म १६ हजार २९ मतगणना भएको छ। त्यसमध्ये माओवादी केन्द्रकी शर्माले ६ हजार ५ सय ६० मत प्राप्त गरेकी छन्।
उनलाई पछ्याइरहेका एमाले महासचिव पोखरेलले ५ हजार २ सय ८ मत प्राप्त गरेका छन्। शर्मा तथा पोखरेलबीचको मतान्तर १ हजार ३ सय ५२ छ। यसअघि शर्मा र पोखरेलबीचको मतान्तर १ हजार ३२ थियो।
त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २ हजार ५ सय ६८ मतसहित तेस्रो स्थानमा छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।