आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रकाशमानसँग हारेपछि रवीन्द्र मिश्रको राप्रपा प्रवेशको उपादेयिता सकियो, अब भाँडभैलो हुने

प्रकाशमानसँग हारेपछि रवीन्द्र मिश्रको राप्रपा प्रवेशको उपादेयिता सकियो, अब भाँडभैलो हुने

  • मिडिया डबली
  • मंगलवार, मंसिर ६ २०७९

  • 4.1K
    SHARES

  • प्रकाशमानसँग हारेपछि रवीन्द्र मिश्रको राप्रपा प्रवेशको उपादेयिता सकियो, अब भाँडभैलो हुने

    काठमाडौं - ‘विचारभन्दा माथि देश’ भन्दै विवेकशील साझा पार्टीको अस्तित्व नै नामेट गरेर हिँडेका रवीन्द्र मिश्र फेरि पराजित भएका छन् ।

    प्रतिनिधिसभामा प्रवेश गर्ने उद्देश्य बोकेर राप्रपा प्रवेश गरेका मिश्र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग दोस्रोपटक पराजित भएका हुन् । यसपटक राप्रपा प्रवेश गर्दा उनले निकै ठूलो तामझाम देखाएका थिए ।

    राप्रपामा अरुभन्दा आफू नै ठूलो नेता भएको जसरी प्रचार गरेका मिश्र कांग्रेस नेता सिंहसँग एक सय २७ मतले पराजित भएका हुन् । जति मतले पराजित भए पनि मिश्रको राप्रपा प्रवेशको उदादेयिता सकिएको छ । कतिसम्म भने राजा बोकेर हिँडेका मिश्रले बीपी कोइरालाकी नातिनी मनिषा कोइरालालाई ल्याएर प्रचार प्रचारमा हिँडाएका थिए ।

    त्यति गर्दा पनि मिश्रको केही जोड चलेन । अहिलेसम्म कुनै पनि विवादमा नपरेका प्रकाशमानले नै बाजी मारे । भलै उमेरले उनी ६० वर्ष नाघेका हुन्, काठमाडौं १ का जनता प्रतिगमनको मतियारलाई संसद जानबाट रोक्न सफल भएका छन् । यदि मिश्र विवेकशील साझा पार्टीमा नगएका भए त्यो पार्टीले यो निर्वाचनमा राम्रै मत ल्याउँथ्यो ।

    तर, मिश्रकै कारण सो पार्टी अस्तित्वमै छैन । यो निर्वाचनमा विवेकशील पार्टीबाट कसैले राम्रो मत ल्याएको देखिएन । मिलन पाण्डे, रञ्जु दर्शना जस्ता युवालाई मिश्रले निकाले ।

    अनि अन्तिममा आफैंले पार्टी त्यागेर राप्रपा प्रवेश गरे । अरुको पार्टी डुबाएर हिँड्ने मिश्रलाई जनताले राम्रैसँग हारको पाठ सिकाएका छन् । जे भए पनि कांग्रेसप्रति जनताको आशा र भरोसा अझै टुटेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १८ २०७८११:४३:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend