आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

काठमाडौं–५ मा एमालेका पोखरेललाई कांग्रेसका पौडेलले हराउने पक्का, यस्तो आयो सर्वेक्षणको नतिजा  

काठमाडौं–५ मा एमालेका पोखरेललाई कांग्रेसका पौडेलले हराउने पक्का, यस्तो आयो सर्वेक्षणको नतिजा  

  • मिडिया डबली
  • आइतवार, मंसिर ४ २०७९

  • 12.5K
    SHARES

  • काठमाडौं–५ मा एमालेका पोखरेललाई कांग्रेसका पौडेलले हराउने पक्का, यस्तो आयो सर्वेक्षणको नतिजा  

    काठमाडौं– काठमाडौं–५ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराएर कांग्रेका प्रदीप पौडेल निर्वाचित हुने देखिएको छ। अनलाइनखबरले गरेको सर्वेक्षण अनुसार काठमाडौं–५ मा प्रदीप निर्वाचित हुने देखिएको हो। 

    ‘२३३ जना उत्तरदातामध्ये ६६ जना (२८ दशमलव ४ प्रतिशत)ले कांग्रेस उम्मेदवार प्रदीप पौडेललाई र ४५ जना (१९.४) प्रतिशत मतदाताले मात्रै एमाले उम्मेदवार पोखरेललाई मत दिएको बताए,’ अनलाइनखबरले लेखेको छ, ‘त्यस्तै ३४ जना (१४.७ प्रतिशत) ले घण्टीबहाक राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रणय शमशेर राणालाई मत दिएको बताएका छन् भने ६.५ प्रतिशतले राप्रपा उम्मेदवार रामप्रसाद उप्रेतीलाई मत दिएको बताएक छन् । ११.६ प्रतिशतले यीबाहेक अरु उम्मेदवारलाई मत दिएको र ४५ जना (१९.४ प्रतिशत) उत्तरदाताले आफूले कहाँ मत व्यक्त गरेको खुलाउन चाहेनन् ।’

    मौन रहेको आधाले मात्रै पौडेललाई मत दिए उनको जित सहज रहेको अनलाइनखबरको विश्लेषण छ। ‘मौन रहन चाहने उत्तरदाताहरुमध्ये आधाजसोले एमाले उम्मेदवार पोखरेललाई मतदान गरेको अनुमान गर्दा पनि उनी र कांग्रेस उम्मेदवार प्रदीप पौडेलबीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ । त्यसो हुँदा समेत एमाले उम्मेदवार पोखरेल सुरक्षित अवस्थामा रहदैनन्,’ अनलाइन खबरले लेखेको छ, ‘खुल्न नचाहेको मतमध्ये आधा एमालेलाई गएको र बाँकीको केही हिस्सा कांग्रेस उम्मेदवार पौडेललाई गएको अनुमान गर्दा पौडेल सुरक्षित अवस्थामा पुग्छन् । व्यक्त नभएको मत समान रुपमा बाँडिदा भने झिनो रुपमा भए पनि कांग्रेस उम्मेदवार पौडेललाई लाभ हुन्छ र उनी निर्वाचित हुने बाटोमा पुग्छन् ।’  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ११ २०७९०८:००:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend