आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एनआईसी एसियामा भिडियो कलबाटै केवाईसी अद्यावधिक गर्न सकिने

एनआईसी एसियामा भिडियो कलबाटै केवाईसी अद्यावधिक गर्न सकिने

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २ २०७९

  • 2.2K
    SHARES

  • एनआईसी एसियामा भिडियो कलबाटै केवाईसी अद्यावधिक गर्न सकिने

    काठमाडौँ- एनआईसी एसिया बैंकमा भिडियो केवाईसी (भी–केवाईसी) बाटै ग्राहकहरूले विवरण अद्यावधिक गर्न सक्ने भएका छन् ।

    घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यस सुविधाको प्रयोग गर्न ग्राहकहरूले बैँकको वेबसाइट www.nicasiabank.com मा रहेको अनलाइन एप्लिकेसन ट्याब गरी e-KYC छनौट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकका कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै विकल्प छनौट गरी बुझाउनुपर्नेछ ।

    त्यसपछि ग्राहकहरूले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकूल समयमा भिडियो कलमार्फत केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् वा बैंकिङ्ग समयमा भिडियोकलको लागि समय बुक गरी सो समयमा केवाईसी विवरण अद्यावधिक गर्न सक्नेछन् ।

    बैँकले यसअघि नै अनलाइन खाता खोल्ने ग्राहकका लागि अनलाइनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको सुरुवात गरिसकेको छ ।

    ग्राहकहरूले भी–केवाईसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता–पासपोर्ट–ड्राइभिङ लाइसेन्स र मतदाता परिचयपत्र) तथा सेतो कागज र कालोनीलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त मिडिया कलमार्फत देखाउनुपर्छ । यसरी भी–केवाईसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख २५ २०८१०२:१६:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend