आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अनलाइनबाट एनआईसी एसियाको खाता खोल्दा ई-कमर्स सेवामा ५ हजारसम्म छुट पाइने

अनलाइनबाट एनआईसी एसियाको खाता खोल्दा ई-कमर्स सेवामा ५ हजारसम्म छुट पाइने

  • मिडिया डबली
  • आइतवार, बैशाख ११ २०७९

  • 4.0K
    SHARES

  • अनलाइनबाट एनआईसी एसियाको खाता खोल्दा ई-कमर्स सेवामा ५ हजारसम्म छुट पाइने

    काठमाडौं - एनआईसी एसिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई-कमर्सबाट वस्तु तथा सेवाको खरिद गर्दा पाँच हजार रूपैयाँसम्म बम्फ़र छुट दिने भएको छ ।

    यसअन्तर्गत दराज, ग्यापु, सस्तेडिल, भेजमान्डु, फुड बाइट (क्विकआर) यूजी बजार, खानपिनजस्ता ईसकमर्सबाट विभिन्न सामग्री खरिद गर्दा यस्ताे छुट पाइने बैंकले जानकारी दिएको छ ।

     ट्याक्सीमण्डु, यति एयरलाइन्स, सोनीलिभ, अल्ट बालाजी लगायतका अनलाइन प्लेटफर्मबाट विभिन्न सेवा लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा एनआईसी एसिया मोबौंकमार्फन मार्फत अनलाइन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले बिज्ञप्तिमा उल्लेख गरेकाे छ ।

    यसका लागि ग्राहकले बैंकको वेबसाइटबाट अनलाइन खाता खोली उक्त खाता पूर्णरुपमा एक्टिभेट भएपश्चात् बैंकले ग्राहकलाई एसएमएस वा ईमेलमार्फत माथि उल्लेखित मर्चेन्टहरुद्वारा प्रदान गरिएको प्राेमाेकाेड वा डिस्काउन्ट लिंक पठाउने व्यवस्था गरेको छ । यो  योजना २०७९ असार मसान्तसम्म मात्र हुने बैकले जानकारी दिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख २५ २०८१०२:१६:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend