आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रदीप पौडेल यसरी छिर्नेछन् संसदमा

प्रदीप पौडेल यसरी छिर्नेछन् संसदमा

  • मिडिया डबली
  • बिहिवार, मंसिर १ २०७९

  • 4.2K
    SHARES

  • प्रदीप पौडेल यसरी छिर्नेछन् संसदमा

    काठमाडौं - प्रदीप पौडेल विद्यार्थीका आन्दोलनबाटै खारिएका परिवर्तनकारी युवा नेता हुन् । विवादमा नमुछिएका । शालीन, मिलनसार र बौद्धिक नेताको छवि बनाएका पौडेल काठमाडौं ५ बाट उम्मेदवार बनेका छन् ।

    ०५३ मै अस्कल क्याम्पसमा स्ववियु सभापति भइसकेका उनले नेविसंघको कुशल नेतृत्व पनि गरिसकेका छन्  । योपटक भ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेन्डा बनाएर काठमाडौं ५ बाट चुनावी मैदानमा उत्रिएका उनले निर्वाचित भएपछि नागरिक पर्यवेक्षण समितिमार्फत सांसदको प्रतिबद्धताको निगरानी गर्नेलगायतका एजेन्डा अगाडि सारेर नयाँ तरिकाले संसदीय भूमिका प्रभावकारी बनाउने योजना बनाएका छन् । 

    कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेका पौडेल तेस्रोपटक पार्टी केन्द्रीय सदस्यका रूपमा छन् । स्नातकोत्तरसम्मको अध्ययन गरेका उनी पार्टीको नेतृत्व हाँक्न सक्ने सीमित युवा नेताका रुपमा पनि चिनिन्छन् । अघिल्लो निर्वाचनमा जित हासिल गरेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५ मा पौडेलको प्रतिस्पर्धी छन् । गठबन्धनको साथ रहेकाले सहज जित रहेको पौडेल बताउँछन् ।

    अघिल्लो निर्वाचनमा यो क्षेत्रमा कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत एमालेका पोखरेलसँग पराजित भएका थिए । त्यही भएर यो क्षेत्रमा कोही उम्मेदवार बन्न चाहेका थिएनन् । तर, कांग्रेसले विश्वास गरेर पौडेललाई टिकट दियो । जुन दिनदेखि पौडेलले उम्मेदवारी मनोनयन दर्ता गरे, त्यसदिनदेखि नै काठमाडौं ५ को माहोल फेरिएको छ । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरू पनि धेरै छन् । तर, प्रदीप पौडेलका अघि उनीहरू फिका देखिएका छन् ।

    यसपटकको निर्वाचनमा नो नट अगेनको नारा चलेको छ । यो अभियानमा एमालेका विवादास्पद नेता पोखरेल पनि पर्छन् । छोटो समयमै अकूत सम्पत्ति जोडेको, पटकपटक सरकारमा रहँदा भ्रष्टाचारमा मुछिएको, एमालेकै नेतृत्वको सरकारमा रहँदा मन्त्री पद खोसिएको, आफन्तलाई राज्यका विभिन्न निकायमा नियुक्ति दिएको र रुष्ट स्वभावका कारण पनि पोखरेल यसपटक पौडेलको अगाडि कमजोर प्रतिस्पर्धी देखिएका छन् ।

    पोखरेलले जितेर गए पनि न सरकारको नेतृत्व, न पार्टीकै नेतृत्व लिन सक्ने बरु पौडेलले जिते पार्टी र सरकार दुवैमा पुग्ने सम्भावना देखेकाले पनि मतदाताको पहिलो रोजाइमा उनी परेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ११ २०७९०८:००:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend