आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले हस्तीलाई पन्छाएर इलामबाट उदाउने तयारीमा डम्बर खड्का

एमाले हस्तीलाई पन्छाएर इलामबाट उदाउने तयारीमा डम्बर खड्का

  • मिडिया डबली
  • बिहिवार, मंसिर १ २०७९

  • 6.2K
    SHARES

  • एमाले हस्तीलाई पन्छाएर इलामबाट उदाउने तयारीमा डम्बर खड्का

    काठमाडौं - मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक इलाम २ बाट नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का चुनिने सम्भावना प्रबल बन्दै गएको छ । गत असोज २४ गते दलबलसहित उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुग्दा एमाले नेता सुवासचन्द्र नेम्वाङको मुहारमा चमक थिएन । 

    मलिन र शान्त देखिएका नेम्वाङ इलाम २ बाट पाँचौपटक उम्मेदवारी दर्ता गरिरहँदा सशंकित थिए । पाँचपटकसम्म निर्वाचित भएर पनि नेम्वाङले विकासका कुनै काम नगरेको, एमाले अध्यक्ष केपी ओलीले दुईपटक संसद् विघटनको साक्षी बसेर पाँच वर्षमा ‘बाली’ उठाउन आएको भनेर नेम्वाङमाथि मतदाताको आक्रोश चुलिँदो छ ।

    उम्मेदवारी दर्तासँगै चुनावी अभियानमा होमिएका एमाले उपाध्यक्ष नेम्वाङले हरेक चुनावी सभामा उत्साहजनक भाषण गर्न सकिरहेका छैनन् । २३ वर्षमा भएका अधुरा कामहरूको फेहरिस्त र प्रस्टीकरणमा उनको भाषणबाजी चलिरहेको छ । तर, उनका लागि नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्का चुनौती बनेर खडा भएका छन् ।

    इलाम २ मा खड्काको सामाजिक गतिविधि र आक्रामक चुनावी प्रचार नेम्वाङका लागि भारी बनिरहेको छ ।

    इलामका दुर्गम गाउँहरूलाई आफैंले माथि उकासेको दाबी गरिरहेका नेम्वाङका लागि यसपटकको चुनाव विगतको जस्तो सहज देखिँदैन । आफ्ना पुराना र नियमित मतदान गर्दै आइरहेका मतदाताहरू नेम्वाङप्रति खुसी छैनन् । किनकि प्रतिस्पर्धीहरुले उनले अधुरै छाडेका दर्जनौं विकासे योजनालाई चुनावी मसला बनाइरहेका छन् ।

    जसका कारण मतदाताको मनोविज्ञान परिवर्तन भइरहेको छ । मतदाता विकल्प खोजिरहेका छन् । त्यो विकल्प खड्कामा देखेका छन् । त्यही भएर अहिले खड्काको पक्षमा माहोल बनिरहेको छ ।

    खड्काले जिल्लामा बसेर संगठन विस्तार मात्र गरिरहेका छैनन्, दुःख–बिमार, आपत–विपत, मेला–महोत्सवमा आर्थिक सहयोग बोकेर गाउँगाउँ पुगिरहेका छन् । जसकारण मतदाता उनीसँग प्रत्यक्ष जोडिएका छन् । खड्का भन्छन्, ‘सबै पार्टीसँग आस्था राख्ने इलामेली जनताको सुख–दुःखमा म सधैं सँगै छु ।

    मेरो सक्रियतालाई देखेर हजारौं इलामे जनताले कांग्रेस रोजेका छन् । जिल्लाका लागि सिन्को नभाँचेका नेम्वाङलाई यसपटक इलामेली मतदाताले बिदा दिने निश्चित छ ।’ स्थानीय तहको निर्वाचनको मत विश्लेषण गर्दा सत्तागठबन्धन चार हजार मतले अगाडि छ । त्यसमा खड्काको लोकप्रियताले पनि धेरै मत आउने देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १७ २०७७०८:५७:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend