आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

राप्रपामा राजेन्द्र लिङ्देन र विक्रम पाण्डेबीच मारामार

राप्रपामा राजेन्द्र लिङ्देन र विक्रम पाण्डेबीच मारामार

  • मिडिया डबली
  • बुधवार, कार्तिक ३० २०७९

  • 5.3K
    SHARES

  • राप्रपामा राजेन्द्र लिङ्देन र विक्रम पाण्डेबीच मारामार

    काठमाडौं - पूर्वपञ्चहरूको पार्टी राप्रपामा चुनावकै मुखमा मारामार भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले आफू मात्र जित्न खोजेको, अन्य ठूला नेतालाई हराउन खोजेको भन्दै उपाध्यक्ष विक्रम पाण्डेले फोन नै गरेर लिङ्देनलाई झपारेको बुझिएको छ ।

    जसकारण अहिले दुईबीच पानी बाराबारको स्थिति देखिएको छ । पाण्डेले चितवन ३ मा आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई एमालेले समर्थन गरेको र त्यसमा लिङ्देनले केपी ओलीलाई पूर्ण समर्थन गरेको सूचना पाएपछि उनीसँग आक्रोशित भएका हुन् ।

    पाण्डेले लिङ्देनलाई आफूले चुनाव हारे जे पनि हुने भन्दै धम्कीसमेत दिएको बुझिएको छ । त्यही कारण लिङ्देनले आजका दिनसम्म चितवन टेकेका छैनन् । र, पाण्डेको प्रचारमा हिँडेका पनि छैनन् । राप्रपाको चुनाव जित्ने नेताको लिस्टमा पाण्डेसमेत छैनन् ।

    सोमबार चितवन पुगेर एमाले अध्यक्ष ओलीले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई जिताउन चुनावी सभामै निर्देशन दिए । जबकि एमाले र राप्रपाबीच ठूला नेता जिताउने सहमति भएको छ ।

    ओलीले नै कोइरालालाई जिताउनुपर्ने भन्दै उनका लागि भोट मागेपछि विक्रम पाण्डे झन् आगो भएका छन् । लिङ्देनले आफू, रुपन्देही ३ मा दीपक बोहोरा र बाँके १ मा धवलशमशेर राणाले मात्र चुनाव जितून् भन्ने चाहेका छन् । उनी रुपन्देही र बाँके चुनाव प्रचारप्रसारका लागि पुगिसकेका छन् । तर, विक्रम पाण्डेका लागि भोट माग्न भरतपुर पुगेका छैनन् ।

    बरु उनी मकवानपुर १ मा दीपक सिंहको प्रचारका लागि दुईपटक हेटौंडा पुगिसकेका छन् । पाण्डे एक वर्षअघिसम्म एमाले प्रवेश गर्ने चर्चा थियो । ओलीले पाण्डेलाई पार्टी प्रवेश गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको मुद्दाको किनारा लगाउन भूमिका खेलेका थिए । तर, अन्तिम समयमा ओलीको प्रधानमन्त्री पद खुस्कियो । पाण्डे एमाले प्रवेश गर्ने तयारी पनि रोकियो ।

    यही रिसका कारण ओली पाण्डेले चुनाव नजितिनुन् भन्ने चाहन्छन् । राप्रपाका अन्य उम्मेदवारलाई जिताउन ओली तयार देखिए पनि पाण्डेका लागि चितवन ३ मा उनी सहमत भएनन् ।

    बरु कांग्रेसका बागी उम्मेदवार कोइराला जिताउन भन्दै उनले क्याम्पियनिङ गरे । आफ्नो पार्टीका उम्मेदवारको उम्मेदवारी फिर्ता लिन लगाए । पाण्डे हराउन ओली खुलेयाम लागेपछि लिङ्देनसँग मुख छोडाछोड भएको बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend