सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

रेखा थापाका लागि एकजना कलाकार पनि पुगेनन् भोट माग्न, न सामाजिक सञ्जालमै दिए शुभकामना

रेखा थापाका लागि एकजना कलाकार पनि पुगेनन् भोट माग्न, न सामाजिक सञ्जालमै दिए शुभकामना

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २९ २०७९

  • 2.4K
    SHARES

  • रेखा थापाका लागि एकजना कलाकार पनि पुगेनन् भोट माग्न, न सामाजिक सञ्जालमै दिए शुभकामना

    काठमाडौं - मोरङ ३ मा राप्रपाको साढे दुई हजार मत पनि छैन । तर सो क्षेत्रमा आफ्नो गाउँ माइती गाउँ भएकाले उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनिन् ।

    मोरङ ३ मा नेपाली कांग्रेसका डा.सुनिल शर्मा र एमालेका भानुभक्त ढकाल मुख्य प्रतिस्पर्धी छन् । तर, नेपाली चलचित्रकी चल्तीकी अभिनेत्री भएकाले रेखाको ग्ल्यामरले भीड जम्मा गर्न धेरै काम गरेको छ ।

    त्यसैलाई उनले आफूप्रति जनउभार भएको प्रचार गरिन् । रेखा नेपाली चलचित्रकी कुनै समयक िलोकप्रिय अभिनेत्री र निर्माता हुन् । तर, विभिन्न काण्डका कारण उनी चर्चामा आइरहन्थिन् ।

    निर्माता छवि ओझासँग १० वर्षे लिभिङ टुगेदरको सम्बन्ध तोडेर उनी एक्लै बसिन् । एक वर्षअघि मात्र उनले अर्को बिहे गरेकी छन् । फिल्म गर्दागर्दै राप्रपाको राजनीतिमा लागेकी रेखाको फिल्मी यात्रा भने धुमलिँदै गयो । चलचित्र क्षेत्रमा काम गर्दा पनि उनको सम्बन्ध धेरैसँग राम्रो रहेन ।

    त्यसकै असर अहिले उनको चुनावी प्रचारमा देखिएको छ । रेखा झन्डै एक महिनादेखि निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा लागेकी छन् । तर, उनका लागि यत्रो चलचित्र क्षेत्रको कोही पनि मोरङ पुगेका छैनन् ।

    कतिसम्म भने रेखाका लागि सामाजिक सञ्जालमा भोट मागिदिने पनि कोही देखिएन । निर्माता छवि ओझाले भने चुनाव जितून् भनेर शुभकामना दिएका थिए ।

    जबकि निर्देशक निश्चल बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का रवि लामिछाने, सोविता गौतम, पुकार बमको प्रचारमा छन् । अभिनेत्री वर्षा शिवाकोटी र मोडेल रेश्मा घिमिरे त सोविताको चुनावी क्याम्पियनमै हिँडेका छन् ।

    रेखाले नेपाली चलचित्र क्षेत्रका करिब करिब सबै अभिनेता र अभिनेत्री, निर्माता निर्देशकसँग काम गरेकी छन् । तर एकजनाले पनि उनलाई जितको शुभकामना नदिनु, भोट नमागिदिनुले उनको हैसियत कति रहेछ भन्ने पुष्टि हुन्छ ।

    चलचित्र क्षेत्रका जानकारहरूका अनुसार रेखा थापाले प्रतिगामी पार्टी राप्रपा रोजेकाले पनि उनको पक्षमा कोही नखुलेका हुन् । नेपाली कांग्रेस, एमाले निकट कलाकारहरू अहिले उम्मेदवारको प्रचार प्रसार गर्न जिल्ला जिल्ला पुगेका छन् । तर रेखाका लागि भने कोही मैदानमा देखिएका छैनन् । यसले पनि उनी चुनाव हार्दैछिन् भन्ने देखाउँछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र २१ २०७८१०:४५:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend