काठमाडौं - चर्चित अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएकी छिन्।
लिङ्देनले आज आफ्नो उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा रेखा थापाको उपस्तिती रहेको थियो।
अभिनेत्री रेखा २०७३ सालमा माओवादी छोडेर राप्रपा प्रवेश गरेकी थिइन् । पार्टीमा आएको विभाजनपछि उनी २०७४ सालमा कमल थापाको साथ छोडेर पशुपति शम्शेर राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिकमा लागेकी थिइन् ।
उनलाई पार्टीको सहमहामन्त्रीसमेत बनाइएको थियो । राप्रपामा पुनःएकीकरणपछि उनी नेतृत्वप्रति असन्तुष्ट थिइन् । सोही असन्तुष्टिको फलस्वरुप अगामी महाधिवेशनमा लिङ्देनलाई समर्थन जनाएकी हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।