काठमाडौं - स्थानीय तहको निर्वाचन आउन अब मात्र ३८ दिन बाँकी छ । सबै दलका चर्चित नेतालाई चुनावी सभामा भाषण गर्न जान भ्याइ नभ्याइ छ ।
प्रायः दलका सबै नेता काठमाडौंमै बस्छन् । यहीँ उनीहरूको घर छ । त्यही भएर गृहजिल्लासहित अन्य जिल्लामा आयोजना हुने चुनावी सभा र प्रशिक्षणमा सहभागी हुन उनीहरूले हवाई रुट प्रयोग गर्दै आएका छन् ।
एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई, लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो जिल्ला केन्द्रित भएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता रामचन्द्र पौडेल, डा.शेखर कोइराला पनि जिल्ला जिल्ला पुगिरहेका छन् ।
सबै नेताले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्दै आएका छन् । त्यही भएर उनीहरूको जम्काभेट आन्तरिक रुटको भिआईपी कक्षमा हुने गरेको छ ।
केही दिनअघि एमाले अध्यक्ष केपी ओली र अभिनेता राजेश हमाल, कुलमान घिसिङ र राजेश हमालको एयरपोर्टमै जम्काभेट भएको थियो ।
सोमबार बिहान पनि माओवादी केन्द्रका नेता वर्षमान पुन, जसपा अध्यक्ष बाबुराम भट्टराई र राप्रपा नेतृ रेखा थापाको भैरहवा जाने क्रममा एयरपोर्टमा जम्काभेट भएको छ ।
अरुबेला एकअर्काको उछितो काढे पनि एयरपोर्टमा आकस्मिक भेट भएका बेला भने सबैबीच सौहार्द वातावरणमा कुराकानी हुने गरेको उनीहरूले सामजिक सञ्जालमा पोस्ट गरेका तस्बिरले पुष्टि गर्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।