काठमाडौं - प्रधानमन्त्री केपी ओलीका तीन सल्लाहकारले अरुलाई देखाउने नाममा राज्यकोषको ढुकुटी रित्याएका छन् । सत्ताको दुरुपयोग गर्दै १४ दिन नै होम आइसोलेसनमा नबसी उनीहरूले एक सातामै कोरोनाको पिसिआर परीक्षण गराएको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमितलाई लक्षण नदेखिए दुई साता घरमै बस्न र थप परीक्षण नगर्न भनेको छ । तर कतिपय संक्रमितले भने शक्तिको दुरुपयोग गर्दै सरकारी स्रोत साधन खर्चेर आफूखुसी परीक्षण गराउँदै आएका छन् ।
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाले स्वास्थ्य मन्त्रालयको मापदण्डविपरीत सरकारी प्रयोगाशालामा एक साता नै नभइ दोस्रो परीक्षण गराएका हुन् ।
असोज १७ मा देशभर २१ सय २० संक्रमित थपिँदा त्यसमा प्रधानमन्त्री ओलीका तीन सल्लाहकार पनि परेका थिए । संक्रमित भएको सार्वजनिकपछि उनीहरु आ आफ्नै निवासमा बसे ।
उनीहरुमा लक्षण थिएन । आइसोलेसनमा बसेको १४ दिनसम्म लक्षण नदेखिए दोहोर्याएर परीक्षण नगर्ने र स्वतः कोरोनामुक्त भएको घोषणा गर्ने स्वास्थ्य मन्त्रालयको निर्देशिका छ ।
आमनागरिकका लागि बनाइएको यो नियम प्रधानमन्त्रीका तीन सल्लाहकारका लागि भने लागू भएन । उनीहरूले शक्तिको प्रयोग गरी निर्देशिका उल्लंघन गर्दै संक्रमण पुष्टि भएको एक साता नहुँदै सरकारी प्रयोगशालामा पुनः परीक्षण गराएर बिहीबार राति आफू संक्रमणमुक्त भएको सार्वजनिक गरे ।
प्रधानमन्त्रीका तीन सल्लाहकारले एक त १४ दिनसम्म आइसोलेसनमा बस्ने धैर्यता देखाएनन् । अर्को परीक्षणका नाममा सरकारी स्रोतसाधन दुरुपयोग गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।